चैत २१ , धनगढी : सुदूरपश्चिम प्रदेशमा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन बिधिबाट ६ सय ७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ ।
प्रदेशमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ । पछिल्लो सयम सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ । मंगलवार कोरोना संक्रमण पुष्टि भएका मध्ये ९ जना सीमामा गरिएको परिक्षणमा संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।


