चैत्र ६ धनगढी । कैलालीमा त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले ५ वटा क्याम्पसमा विजय हासिल गरेको छ ।
कैलालीका ९ वटा क्याम्पस मध्ये ८ वटा क्याम्पसको नतिजा सार्वजनीक हुँदा ५ वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, मसुरियाको चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र बुलबुले बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको हो ।
त्यसैगरी ३ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले विजय हाँसिल गरेको हो ।
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा गणना जारी रहेको छ । मतगणना जारी रहेको घोडाघोडीमा पनि अनेरास्ववियुले नै अग्रता लिएको छ ।


