चैत्र ५ काठमाडौँ । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन अन्तरगत विभिन्न १ सय ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ ।
कोशी प्रदेशका २१ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ वटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन गरिएको हो ।
स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४ सय ४८ वटा रहेकामा २ सय ८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । त्यस्तै १ सय वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन । आईतबार विभिन्न २ सय १७ क्याम्पसमा चुनाव भएकोे छ ।
प्राप्त जानकारी अनुसार कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भएको छ । त्यस्तै सुदूरपश्चिमका ३५ वटा क्याम्पसमा आईतबार निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार निर्बाचन हुने भएको छ । त्यस्तै उपत्यकाका २५ वटा क्याम्पसमा आइतबार निर्वाचन सम्पन्न भएको छ ।


