चैत्र ५ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालीकामा रहेको रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ ।
आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मत सहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन् ।
३१ जना विद्यार्थी मतदाता भएको रामपुर क्याम्पसमा सम्पन्न निर्बाचनमा २५ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
Post Views: 250


