विष्णु विश्वकर्मा, फागुन २७ काठमाण्डौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृति महासंघ केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान सुरु गरेको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका अध्यक्ष माइला लामाले तथा महासंघ कै महासचिव कुशलले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा अभियानको उद्घाटन गरेका हुन ।
जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरुमा हुने भएको उनले जानकारी गराए । अभियान नुवाकोट ,धादिङ ,चितवन ,तनहु ,कास्की ,पर्वत ,म्यादी बाग्लुङ ,पूर्वी रुकुम ,पश्चिम् रुकुम ,जाजरकोट ,दैलेख ,अछाम ,डोटी ,डडेल्धुरा र बैतडीमा सञ्चालन गर्ने बताइएको छ ।
अभियान टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोहले गर्ने छन् भने अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहने छन ।
सामना जनसंगित अभियान अन्र्तगत मध्य पहाडी राजमार्ग हुने कार्यक्रमहरु फागुन २७–२८ नुवाकोट, २९–३० र चैत्र १ धादिङ, चैत्र ०२ चितवन, चैत्र ३–४ तनहु, चैत्र ५–६ कास्की,चैत्र ०७ पर्वत, वाग्लु चैत्र ८–९–१० गते,पूर्व रुकुम चैत्र ११–१२ गते, पश्चिम् रुकुम चैत्र १३–१४ गते , जाजरकोट च्ेत्र १५–१६ गते, दैलेख चैत्र १७–१८ गते, अछाम चैत्र १९–२० गते, डोटी चैत्र २१–२२ गते, डडेल्धुरा चैत्र २३–२४ गते, बैतडी चैत्र २५–२६ गते गरिने बताईएको छ ।


