"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रामलीला स्थल निर्माणका लागि साढे दुई कट्टा जग्गा दान, संरचना निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता

No data was found

Khabar Raftar

कार्तिक ०८ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–९, गौरीपुर कैलाली मा वि.सं. २०२४ साल देखि निरन्तर सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाका लागि स्थानीय समाजसेबी व्यक्ति तथा पन्चायत कालका पूर्व वडा अध्यक्ष स्व. गगन सिंह पार्कीको परिवारले साढे दुई कट्टा जग्गा दान गरेका छन । रामलीला स्थल निर्माणका लागि जग्गाको आवश्यकता भई रहकेो अबश्थामा पार्कीको परिवारले साढे दुई कट्टा जग्गा दान गरेका हुन । साढे दुई कट्टा जग्गाउ पलब्ध हुने भएपछि स्थायी संरचना निर्माणको बाटो समेत खुलेको छ ।

हिन्दूहरूको महान् पर्व विजयादशमी–२०८३ को अवसरमा रामलीला समिति तथा श्री शैलेश्वरी अनुष्ठान केन्द्रको आयोजनामा सञ्चालन भएको रामलीला नाटक तथा रामलीला उत्सव–२०८३ को समापन समारोहमा स्व. गगन सिंह पार्कीका नाति, स्व. मोती सिंह पार्की तथा कौशिल्ला देबी पार्की, शुष्मा देबी पार्कीका छोराहरु लिलाधर सिंह पार्की, क्षेत्र सिंह पार्की र स्व. गगन सिंह पार्की का नाति स्व. जगजित सिंह पार्की, मिना देबी पार्कीका छोराहरु खेम पार्की, पारस पार्कीले संयुक्त रुपमामा स्व. गगन सिंह पार्की, मोति सिंह पार्की, स्व. जगजित सिंह पार्कीको स्मृतिमा रामलीला समितिलाई साढे दुई कट्टा जग्गा दान गरेका हुन ।

घटस्थापनाको दिनदेखि सुरु भई कार्तिक ५ गते समापन भएको रामलीलाको धनगढी उपमहानगरपालीकाकी उप पमुख कन्दकला रानाले रिवनकाटेर पानसमा बत्ती बालेर उदघाटन गरेकी थिईन । राम लिलाको समापन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको प्रमुख आतिथ्य तथा रामलीला समितिका अध्यक्ष वीरेन्द्र सिंह अयरको अध्यक्षतामा भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामचन्द्र नेपालले रामलीला धार्मिक आस्थाको विषय मात्र नभई सुदूरपश्चिमको कला, संस्कृति, मौलिक परम्परा र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको बताउँदै रामलीला स्थलमा आवश्यक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालले रामलीलालाई व्यवस्थित र स्थायी रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्ने बताउँदै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मार्फत समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रामलीला स्थलका लागि स्थानीय परिवारले जग्गा दान गर्ने घोषणा गर्नु र संरचना निर्माणमा बजेट तथा संस्थागत सहयोगको प्रतिबद्धता आउनु रामलीलाको संरक्षण र विकासका लागि महत्वपूर्ण उपलब्धि भएको आयोजकले बताएका छन् । धनगढी उपमहानगरपालीका वडा नम्बर–९ मा वि.सं. २०२४ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीलाका संस्थापक स्व. गगन सिंह पार्की हुन् । रामलीलाको स्थापना तथा सञ्चालनमा सहसंस्थापक स्व. टीकाराम पार्की, व्यवस्थापक स्व. कालुराम पार्की, स्व. मानबहादुर पार्की, स्व. बहादुर लुहार ‘रामजी’ तथा स्व. मोहनदास पार्की लगायतको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ ।

समापन समारोहमा रामलीलाको स्थापना कालदेखि विभिन्न काल खण्डमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । संस्थापक स्व. गगन सिंह पार्कीलाई धनगढी ृपमहानगरपालीका वडा नम्बर–९ मा रामलीला स्थापना गरी धार्मिक तथा सांस्कृतिक परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै मरणोपरान्त सम्मान गरिएको थियो । उक्त सम्मान उहाँका नातिहरू तथा परिवारका सदस्यहरूले ग्रहण गरेका थिए । त्यसैगरी स्व. टीकाराम पार्की, स्व. कालुराम पार्की, स्व. वीरभान राधास्वामी, स्व. बहादुर लुहार ‘रामजी’, स्व. मोहनदास पार्की, स्व. प्रेमबहादुर पार्की, स्व. पदम विक तथा स्व. मोती सिंह पार्कीलाई समेत मरणोपरान्त सम्मान गरिएको थियो ।

रामलीलाका निर्देशक, गायन तथा संगीततर्फ सुभाष पार्की, रमेश पार्की, शेरबहादुर पार्की र राजेन्द्र विक लाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी रामलीला समितिका पूर्वअध्यक्षहरू पदम सिंह पार्की, हुकुम सिंह पार्की, नवीन पार्की, चन्द्रबहादुर पार्की र लिलाधर सिंह पार्कीलाई समेत सम्मान गरिएको थियो । रामलीलाको व्यवस्थापनमा विगतदेखि हालसम्म योगदान पु¥याउँदै आएका मनोज कुमार पार्की, लक्ष्मण पार्की, गौतमलाल विक, किशन देवल, नारायण देवल र पुरनलाल पार्की लाई पनि सम्मान गरिएको थियो ।

यस वर्षको रामलीलामा सहभागी कलाकार तथा प्राविधिकहरूलाई समेत उनीहरूको योगदानको कदर गर्दै सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । रामको भूमिकामा सागर पार्की, लक्ष्मणमा मनिश पार्की, भरतमा सरोज पार्की, शत्रुघ्नमा सहदेव पार्की, सीतामा सुभम देवल तथा रावणको भूमिकामा लिलाधर सिंह पार्कीले अभिनय गरेका थिए ।

त्यस्तै दशरथमा कैलास पार्की, कैकेयीमा खकेन्द्र पार्की, कौशल्यामा सन्तोष पार्की, सुमित्रामा प्रिन्स पार्की, हनुमानमा मनोज पार्की, गुरु वशिष्ठ तथा सुग्रीवमा गणेश पार्की, सुर्पणखा÷मन्थरा लगायतका भूमिकामा प्रेम विक, अक्षयकुमारमा मिलन साउद, बालीमा विशाल पार्की, मेघनाथमा लक्ष्मण पार्की, परशुराममा रुपेश कोली, कुम्भकर्णमा लक्ष्मण पार्की ‘जोगी’, खर–दूषणमा क्षेत्र सिंह पार्की तथा अहेम पार्की, विभीषणमा सुजल देवल र राजा जनकमा राजु विकले भूमिका निर्वाह गरेका थिए ।

रामलीलाको मुख्य निर्देशन सुभाष पार्की तथा सहायक निर्देशन राजेन्द्र विकले गरेका थिए । वाद्यवादनतर्फ रमेश विक, अर्जुन वसन्त, लिलाधर सिंह पार्की, नारायण देवल तथा आरुष विकको सहभागिता रहेको थियो । क्यामेरा व्यवस्थापन विजय देवलले गरेका थिए भने मेकअपतर्फ जितबहादुर कोली, अर्जुन विक र गणेश पार्कीले योगदान गरेका थिए ।

रामलिलालाइ एघारौ दिन सम्म सफलतापूर्बक सम्पन्न गर्न अध्यक्ष बिरेन्द्र सिंह अयर उपाध्यक्ष मनोज कुमार पार्की, किशन देवल, सचिब ध्रुब सिंह पार्की, कोषाध्यक्ष लिलाधर सिंह पार्की, सह सचिब लक्ष्मण पार्की, सदस्यहरु रुपेश कोली, प्रकाश लुहार, रमेश बि.क., दीपक पार्की, गौतमलाल बि.क. गणेश पार्की, मनोज पार्की, बिशाल पार्की, ओम प्रकाश पार्की तथा सल्हाकार शुभाष पार्की, हुकुम सिंह पार्की, चन्द्र बहादुर पार्की, राजेन्द्र बि.क. नबिन कोली, नारायण देवल, शारदा ताम्राकार, नबराज भट्ट लगायत सम्पूर्ण गाउबासिको योगदान रहेको पाइएको छ ।

समापन समारोहका सभापति तथा रामलिला समितिका अध्यक्ष बिरेन्द्र सिंह अयरले रामलीला धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति, परम्परा र इतिहास संरक्षणको महत्वपूर्ण माध्यम बनेको बताएका थिए । आगामी पुस्तालाई समेत यस ऐतिहासिक परम्परासँग जोड्दै रामलीलाका लागि स्थायी स्थल निर्माण गर्ने उद्देश्यले जग्गा दानको घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको आयोजकको भनाइ छ । रामलीला केवल धार्मिक नाटक नभई स्थानीय कला, संस्कृति, इतिहास र पुस्तौँदेखि चलिआएको परम्पराको संरक्षण गर्ने महत्वपूर्ण माध्यम हो ।

स्थायी रामलीला स्थल निर्माण भएपछि आगामी दिनमा समाजमा हुने विभिन्न खालका धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ । जग्गा दानको घोषणा, संरचना निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट सहयोग गर्ने आश्वासनले धनगढी उपमहानगरपालीका वडा नम्बर–९ को पाच दशक भन्दा लामो रामलीला परम्परालाई अब स्थायी संरचना सहित संस्थागत रूपमा अगाडि बढाउने आधार तयार भएको आयोजकले जनाएको छ ।

त्यसैगरी आयोजकका अनुसार रामलिला धार्मिक एतिहासिक परम्परा संरक्षणका लागि आयोजना गरिएको कार्यक्रममा धनगढी उप महानगरपालिका मार्फत नगद पचास हजार र पचास हजार मूल्य बराबरका बध्यबादन सामाग्रीहरु गरि कुल एक लाखको सहयोग प्राप्त भएको छ । त्यसैगरी देश बिदेश रहेका आस्थावान ब्यक्तिबाट, प्रायोजकहरु नवजीवन अस्पताल प्रा.लि., कैलाली अस्पताल प्रा.लि., माया मेट्रो हस्पिटल प्रा.लि., निसर्ग हस्पिटल प्रा.लि., उग्रतारा कम्प्युटर, ख्क्ष्ब् –ल्भत प्रा.लि. बाट आर्थिक, प्राबिधिक, सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । रामलिला कार्यक्रमका मुख्य प्रबर्धक सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठान र प्रबर्धक धनगढी उप–महानगरपालिका रहेका थिए ।

भर्खरै

रामलीला स्थल निर्माणका लागि साढे दुई कट्टा जग्गा दान, संरचना निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता
रोजगारीका लागी विदेशिनु पर्ने बाध्यताको अन्त्य गरौँ
कैलालीमा वन क्षेत्र फेरि अतिक्रमण, हटाइएका संरचनाहरु पुनर्निर्माण
गड्डाचौकी हुँदै लामिछाने भारततर्फ, भ्रमणका नाममा खिचडी नपकाउन आग्रह
बझाङका ४८ वर्षीय पुरुष १२ दिनदेखि बेपत्ता
कञ्चनपुरको कृष्णपुरमा नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षारोपण
खैरो हेरोइन सहित चार जना पक्राउ
नेपाल टेलिकम बाजुराद्धारा तीन हजार ६ सय ४८ सिमकार्ड वितरण
सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्त भित्र
लागुऔषध मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

रामलीला स्थल निर्माणका लागि साढे दुई कट्टा जग्गा दान, संरचना निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता

cropped-cropped-khabar-raftar-2.png

रोजगारीका लागी विदेशिनु पर्ने बाध्यताको अन्त्य गरौँ

Untitled-47-1024x509

कैलालीमा वन क्षेत्र फेरि अतिक्रमण, हटाइएका संरचनाहरु पुनर्निर्माण

Untitled-46

गड्डाचौकी हुँदै लामिछाने भारततर्फ, भ्रमणका नाममा खिचडी नपकाउन आग्रह

WhatsApp Image 2026-10-23 at 9.38.37 AM

बझाङका ४८ वर्षीय पुरुष १२ दिनदेखि बेपत्ता

brixaropan

कञ्चनपुरको कृष्णपुरमा नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षारोपण

pakrau1681358955-1763635634

खैरो हेरोइन सहित चार जना पक्राउ

09b114f1-e472-4d0b-9585-ae8495382ead

नेपाल टेलिकम बाजुराद्धारा तीन हजार ६ सय ४८ सिमकार्ड वितरण