"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हातेमालो परियोजनाको ६ वर्षे कार्यसम्पादनको संयुक्त अनुगमन तथा वार्षिक समीक्षा सम्पन्न

No data was found

Khabar Raftar

प्रदिप मलासी, भदौ २३ बझाङ्ग । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा दलित सहयोग समाज र प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित हातेमालो परियोजनाको ६ वर्षे कार्यसम्पादनको संयुक्त अनुगमन तथा पालिकास्तरीय परियोजना समितिको बैठक सम्पन्न भएको छ।

परियोजनाले बझाङको केदारस्युँ गाउँपालिकाका वडा नंम्बर १, २, ३, ५, ६, ७ र ८ तथा जयपृथ्वी नगरपालिकाका वडा नंम्बर १, ३, ६, ७, ८ र ११ मा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

परियोजनाअन्तर्गत प्रगतिशील युवा समाजले विद्यालय तथा समुदायमा नागरिक आवाज तथा कर्तव्य, बाल संरक्षण, शिक्षाको गुणस्तरमा सुधार तथा बालबालिकाको समृद्धिका क्षेत्रमा काम गर्दै आएको छ। त्यसैगरी दलित सहयोग समाजले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार, स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री वितरण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

हातेमालो परियोजना विगत ६ वर्षदेखि सञ्चालनमा रहँदै आएको र सो अवधिमा परियोजनामार्फत सञ्चालन भएका विभिन्न गतिविधि तथा उपलब्धिको स्थानीय तह र सरोकारवालाको सहभागितामा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा परियोजनाले लक्षित समुदाय, विद्यालय तथा स्वास्थ्य संस्थामा पुर्‍याएको योगदान, कार्यक्रमको प्रभावकारिता, उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा जयपृथ्वी नगरपालिकाका कार्यवाहक नगरप्रमुख गोपालबहादुर खड्काले नगरपालिकाभित्रका बालबालिकाको समग्र विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले वल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज बझाङ र प्रगतिशील युवा समाज बझाङसँग सहकार्य गर्दै बालबालिकाको शिक्षा, संरक्षण, सहभागिता र समग्र विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बालबालिकाको अधिकार संरक्षणसँगै उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकार, अभिभावक, विद्यालय, नागरिक समाज तथा विकास साझेदार संस्थाहरूको साझा प्रयास आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।
त्यस्तै, जयपृथ्वी नगरपालिका–६ का वडा अध्यक्ष नरेन्द्रबहादुर सिंहले बालबालिकाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको बताए ।

उनले आफ्नो वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै स्थानीय तहका लागि निर्धारण गरिएका ५१ वटा सूचकमध्ये केही सूचक स्थानीय अवस्था अनुकूल नभएकाले आवश्यकताअनुसार सुधार तथा परिमार्जन गरेर भए पनि बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जयपृथ्वी नगरपालिका बाल क्लबका अध्यक्ष तिलक जोशीले बालबालिकाको संरक्षणका लागि संघसंस्थासँगै स्थानीय सरकार पनि सक्रिय हुनुपर्ने बताए। उनले स्थानीय तहले बजेट निर्माण गर्दा बालबालिकाको सहभागितालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

त्यसैगरी केदारस्युँ गाउँपालिकाको कार्यालय देउरा र जयपृथ्वी नगरपालिकाको कार्यालय चैनपुरमा एक वर्षको कार्यक्रमको समीक्षा गोष्ठी समेत आयोजना गरी सम्पन्न गरिएको छ। समीक्षा गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारी, परियोजना प्रतिनिधि पत्रकार नागरिक समाज तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

समीक्षाका क्रममा परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव तथा छलफल गरिएको वल्ड भिजन ईन्टरनेशनलका बझाङ्ग प्रमुख मेनका सिंहले खबररफतार नेपाली दैनिक लाई जानकारी दिनु भयो ।

समीक्षा बैठकमा संस्थाको कार्य बिषयमा उठेका जिज्ञासाहरु माथी दलित सहयोग समाजका कार्यकारी प्रमुख सुनिल नेपाली र प्रगतिशिल युवा समाजका कार्यकारी प्रमुख लवराज ज‍ोशीले जवाफ दिनु भएको थियो ।

परियोजनाको कार्य प्रगति प्रतिबेदन बाचन दलित सहय‍ोग समाजका सहसचिव श्याम नेपाली र प्रगतिशिलका बिषयगत प्रमुख बिन‍ोद थापाले गर्नु भएको थियो । परियोजनाले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा पोषणसँगै समुदायलाई विपद् र जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित बनाउन स्थानीय तहसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको छ।

नेपालमा बालबालिकाहरुको संरक्षण र समृदीका लागि थुप्रो कानुन निर्माण भए पनि हाल सम्म बालबालिकाहरुको अधिकारी सुनिश्चितता हुन नसक्नु आफैमा एक नकारात्मक संदेशको प्रवाह बढेको पनि बिश्वास गर्न सकिन्छ ।

भर्खरै

हातेमालो परियोजनाको ६ वर्षे कार्यसम्पादनको संयुक्त अनुगमन तथा वार्षिक समीक्षा सम्पन्न
 मानव बेचबिखनको उच्च जोखिममा निम्न बर्ग समुदाय
कञ्चनपुरमा नदी किनारमा महिला मृत अबश्थामा भेटिइन
जेनजी आन्दोलनको एक वर्ष,क्षेती भएका भौतिक संरचना पूर्ववत् अवस्थामा फर्किन सकेनन
कञ्चनपुरका दर्जनौँ नागरिक अझै सम्पर्कविहीन, परिवारमा पीडा, अन्यौल र निराशा छायो
जेन्जी आन्दोलनमा कैलाली कारागारबाट भागेका २ सय २ कैदीबन्दी अझै फरार
बैङ्किङ र अङ्गभङ्ग मुद्दामा सजाय तोकिएका कैलालीको गोदावरीका २ जना पक्राउ
बैतडीको पुर्चौडीमा पहिरोका कारण जमिन भासिए पछि स्थलगत निरीक्षणको माग
जिल्ला अस्पताल बझाङलाई ५० शय्यामा स्तरोन्नति गर्न माग
हङकङसँग १५ रनले पराजित भए पनि नेपाल सेमिफाइनलमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1becbd71-10fe-468d-9b8e-6cb18450d890

हातेमालो परियोजनाको ६ वर्षे कार्यसम्पादनको संयुक्त अनुगमन तथा वार्षिक समीक्षा सम्पन्न

Untitled-13

 मानव बेचबिखनको उच्च जोखिममा निम्न बर्ग समुदाय

death-pt2023-05-03-08-12-06

कञ्चनपुरमा नदी किनारमा महिला मृत अबश्थामा भेटिइन

vlcsnap-2026-09-08-12h09m53s768-768x433

जेनजी आन्दोलनको एक वर्ष,क्षेती भएका भौतिक संरचना पूर्ववत् अवस्थामा फर्किन सकेनन

b9ada668-c473-49cc-8f9c-9a591186fa96

कञ्चनपुरका दर्जनौँ नागरिक अझै सम्पर्कविहीन, परिवारमा पीडा, अन्यौल र निराशा छायो

Kailali-karagar

जेन्जी आन्दोलनमा कैलाली कारागारबाट भागेका २ सय २ कैदीबन्दी अझै फरार

pakrau-2

बैङ्किङ र अङ्गभङ्ग मुद्दामा सजाय तोकिएका कैलालीको गोदावरीका २ जना पक्राउ

Pahiro-1788867593

बैतडीको पुर्चौडीमा पहिरोका कारण जमिन भासिए पछि स्थलगत निरीक्षणको माग