साउन ०२ धनगढी । कैलालीको भजनीमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भजनी नगरपालिका वडा नम्बर– ७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरालाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।
चौधरीले महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको हो । घटना सम्बधी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 52


