"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने

No data was found

Khabar Raftar

चैत्र २९ कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन समिति गठन गरेको    छ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारलाई ऐन संशोधनका लागि देशभरबाट सुझाव संकलन गरे अनुरूप कञ्चनपुरमा पनि सुझाव संकलनका लागि समिति गठन गरेको हो । निर्माण व्यवसायी संघ कञ्चनपुरका महासचिव देवीदत्त भट्टले झन्झटिलो ऐन संशोधनका लागि जिल्लाबाट समेत सुझाव संकलनका लागि समिति विस्तार गरिएको बताए । संघका अध्यक्ष पुष्पराज अवस्थीको संयोजकत्वमा सात सदस्यीय सुझाव संकलन समिति गठन गरिएको हो ।

उक्त समितिले निर्माण व्यवसायीमाथि परेका पिरमर्र्का सम्बोधन हुने गरेर जिल्लाबाट दुई दिन भित्रै सुझाव संकलन गरेर केन्द्रमा पठाउने छ । जिल्लाका निर्माण व्यवसायीहरूले मध्यपूर्वका देशहरूबिचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभावसँगै मूल्यवृद्धिले मारमा परेको बताएका छन् । उनीहरूले एकातिर सार्वजनिक खरिद ऐनसँगै निर्माण सामग्री सहित इन्धनको मूल्य वृद्धिले मारमा परेको बताएका हुन् ।

कञ्चनपुरका वरिष्ठ निर्माण व्यवसायी रघुवीर साउदले निर्माण कार्यका लागि चाहिने आवश्यक इन्धन सामग्रीको अभावले व्यवसाय धराशायी बनेको बताए । उनले जिल्लाका सबै निर्माण व्यवसायीले सरकारलाई लाइसेन्स बुझाएर आत्मसर्मपण गर्नुको विकल्प नभएको बताए । निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष निरञ्जनप्रसाद भट्टले निर्माण सामग्रीको मूल्य आकासिएसँगै आफूहरू मारमा परेको बताए ।

संशोधन गर्नुपर्ने ऐन पनि आफूहरूको हितमा नभए झन जोखिम बढाएकाले जिल्ला, प्रदेश देखि केन्द्रीय महासंघले चनाखो हुनुपर्ने बताए । युवा निर्माण व्यवसायी शंकर जोशीले मूल्य वृद्धिले व्यवसायी मारमा परेको दुःखेसो पोख्दै यसतर्फ ध्यान दिनुपर्ने बताए । अर्का युवा व्यवसायी ज्ञानेन्द्र फुयाँलले आफूहरूमाथि बज्रपात भइरहेको भन्दै समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति हुने चिन्ता व्यक्त गरेका छन् ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्वअध्यक्ष लोकबहादुर ठकुराठीले निर्माण व्यवसायी पनि पूर्ण इमानदार, सरकार पनि अभिभावक र कर्मचारीले घुस खान छाड्नुपर्ने सुझाव दिएका छन । नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेटीले ऐन संशोधनका लागि जिल्ला जिल्लाबाट आएका सुझाव महासंघलाई बुझाउने बताए । उनले व्यवसायीको हकहित देखि सरकारी कामकाज प्रभावकारी बनाउने गरेर ऐन संशोधन हुने अपेक्षा गरिएको बताए ।

भर्खरै

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया
बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने
जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन
निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने
तस्करी गरी ल्याइएको १ सय लिटर डिजेल बरामद
थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

2111-768x346

स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया

trinagar-naka-1-1024x768

बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै

sudurpaschim-pradesh-sava1617118586

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने

pakrau-1

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

Messenger_creation_30BED54E-9A19-4AC4-AE86-57947F26A21E-1024x768

बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन

sarbajanik-kharid2026-04-12-01-27-52

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने