"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

No data was found

Khabar Raftar

चैत्र २७ कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकले आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको गुनासो गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को अवरोधले गर्दा विगत छ दशक देखि दसगजा क्षेत्रमा रहेको आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको गुनासो गरेका हुन ।

आफ्नो नामको लालपुर्जा सहितको जमिनमा खेती गर्दै आएका कृषकले पछिल्लो केही वर्षयता जमीन भोगचलन गर्न नपाएको गुनासो गरेका हुन् । बेलौरी नगरपालिका वडा नम्बर–१०, सडकघाटका स्थानीय कृषक सुरेश चौधरीले विगत छ दशक देखि नेपाल–भारत सीमा क्षेत्रको नेपालतर्फ १३ कट्ठा लालपुर्जा सहितको जग्गामा खेती गर्दै आएको बताउदै विगत चार वर्षयता दसगजा नजिकको १० मिटर चौडाइ तथा पाँच सय मिटर पूर्वी लम्बाइको जमिनमा भारतीय एसएसबीले भोगचलन गर्न नदिएको बताए ।

विगतमा उखु खेती गर्दै आएका चौधरीले विसं २०७८ सालयता १३ कट्ठा जमिन बाझो छोड्नु परेको बताए । सरकारलाई बर्षेनी मालपोत तिर्दै आएको बताउँदै उनले जमिन उपभोग गर्न नपाउदा घरखर्च धान्न समेत मुस्किल हुने गरेको बताए । खेती गर्न जाँदा भारतीय एसएसबीले बन्दुक तर्साएर धपाउने गरेको उनले बताए ।

सडकघाटकै अर्का स्थानीय सन्तोषी चौधरीले पनि दसगजा क्षेत्रमा नेपालतर्फको १२ कट्ठा भूमिमा खेती गर्न नदिएको बताए । भारतीय एसएसबीलाई बारम्बार जमिन दिन गुहार गरे पनि भोगचलन गर्न नदिँदा जमिन बाँझो रहेको उनले बताए । विगतका वर्षमा धान, उखु, गहुँ, दलहन खेती गर्दै आएका उनले भारतीय एसएसबीको अवरोधले गर्दा खेती गर्न नपाएपछि खाद्यान्न किनेर खानुपर्ने बाध्यता रहेको बताए ।

 

जमिन उपभोग गर्न पाउनुपर्ने मागसहित नगरप्रमुख, वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारीसँग पनि आग्रह गरिएको बताउँदै उनले कतैबाट पनि समस्या समाधान नभएको बताए । सोही ठाउँका स्थानीय कमला चन्दले लालपुर्जा सहितको एक बिघा जमिन भारतीय एसएसएबीको अवरोधका कारण उपभोग गर्न नपाएको बताईन ।

त्यसैगरी स्थानीय भक्तिलाल चौधरीले दसगजा क्षेत्रको चार कट्ठा जमिन उपभोग गर्न नदिएको बताए । विगत पाँच दशक लालपुर्जा भएको जमिनमा खेती गर्दै आएको बताउँदै उनले चार वर्षदेखि एसएसबीले अवरोध गर्दा जमिन बाँझो छोड्नु परेको बताए । भारतीय एसएसबीले २०७८ साल देखि बेलौरी नगरपालिका वडा नम्बर–१० स्थित नेपाल–भारत सीमा क्षेत्र पिल्लर नम्बर ३५ देखि पूर्वतर्फ पिल्लर नम्बर ३६ सम्मका एक दर्जन स्थानीयलाई लालपुर्जा भएको जमिनमा भोगचलन गर्न अवरोध सिर्जना गर्दै आएको स्थानीयले गुनासो गरेका छन ।

एसएसबीले स्थानीयसँगको विवादका कारण उक्त क्षेत्रमा खेती गर्न अवरोध सिर्जना गर्दै आएको बुझिएको वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरीले बताए । वडाध्यक्ष चौधरीले भारतीय एसएसबीले मनलाग्दी तवरले नेपालीलाई जमिन उपभोगमा अवरोध सिर्जना गरिरहेको बताए । एकतर्फी रूपमा एसएसबीले दसगजा क्षेत्रमा स्थानीय रामप्रसाद चौधरीको जमिन भन्दा पश्चिमतर्फको जमिन भोगचलन गर्न दिए पनि पूर्वतर्फको जमिन भने प्रयोग गर्न नदिएको उनले बताए ।

स्थानीय कृषकको गुनासो पछि भारतीय एसएसबीसँग छलफल गरिएको बताउँदै वडाध्यक्ष चौधरीले स्थानीयसँगको विवाद पछि एसएसबीले अवरोध सिर्जना गरेको बताए । एसएसबीले उक्त क्षेत्रका स्थानीयलाई भोगचलन गर्न नदिने अडान लिएको उनले बताए । चार वर्ष पहिले सडकघाटका एक जना स्थानीय महिला कृषकले दसगजा नजिकको जमिनमा काटेर राखेको धानबाली भारतीय एसएसबीले कुल्चिएपछि विवाद सुरु भएको वडाध्यक्ष चौधरीले बताए ।

सोही विवादपछि आसपासका एक दर्जन स्थानीयको झन्डै पाँच बिघा जमिन भोगचलनमा एसएसबीले अवरोध गर्दै आएको उनले बताए । भारतीय एसएसबीले गरेको अवरोधका कारण जमिन बाँझो छोड्नु परेको समस्या समाधानका लागि नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरिएको वडाध्यक्ष चौधरीले बताए ।

सरकारका तर्फबाट ठोस पहल नहुँदा कृषक जमिन भोगचलन गर्नबाट वञ्चित रहेको उनले बताए । अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लवराज भट्टले दुई देशका सीमाविद् बसेर समस्या समाधान गर्नु अपरिहार्य भएको बताए । भारतीय हस्तक्षेपले कृषकलाई जीविकोपार्जन गर्न समेत समस्या हुने गरेकाले सरकारले कूटनीतिक तवरले समस्या समाधान गर्नु पर्ने उनले बताए ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले भारतीय पक्षले नेपालीलाई जमिन भोगचलनमा अवरोध गर्दै आएकोले सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन । “नेपालीको हातमा लालपुर्जा छ तर भोगचलन गर्न पाएका छैनन्,“सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सभामुख र सदन मार्फत सरकारसँग माग गर्दछु,उनले भनेका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान