"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

No data was found

Khabar Raftar

चैत्र २७ कञ्चनपुर । विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेका तालहरु संरक्षण अभावमा पुरिन थालेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेका रानीताल, कालीकिच ताल र शिकारी ताल संरक्षणको अभावमा पुरिन थालेका हुन ।

लामो समय देखि जलकुम्भीले भरिँदा तालको अस्तित्व सङ्कटमा परेको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले तालको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताए । गर्मीयाममा वन्यजन्तुको प्यास मेटाउन निकुञ्ज भित्र धेरै स्थानमा कृत्रिम तलाउ बनाएर सोलारबाट पानी भर्ने गरिएको बताउदै उनले “निकुञ्ज भित्रका एक दर्जन बढी ताल पुरिँदै गए पनि बजेट अभावका कारण सरसफाइ गर्न नसकिएको बताए ।

निकुञ्ज भित्र कृत्रिम र प्राकृतिक गरी १ सय २० वटा ताल तलैया रहेको उनले जानकारी गराए । चालु आर्थिक वर्षमा निकुञ्जको पुँजीगत बजेट कम विनियोजन हुँदा व्यवस्थापनमा समस्या भएको उनले बताए । वन्यजन्तुका लागि हरेक वर्ष घाँसे मैदान व्यवस्थापन हुँदै आएको बताउदै उनले यस वर्ष घाँसे मैदान व्यवस्थापनका लागि सात लाख रुपैयाँ मात्र विनियोजन भएको बताए ।

निकुञ्ज भित्र मुलुककै ठूलो ५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदान रहेको उनले बताए । गत वर्ष निकुञ्जको पुँजीगत बजेट दुई करोड रुपैयाँ रहेपनि चालु आर्थिक बर्षमा बजेट ३५ लाख रुपैयाँमा झरेको उनले बताए ।

पाँच हजार ४ सय हेक्टर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भए पनि बजेट अभावले ५० हेक्टरको मात्रै व्यवस्थापन गर्न सकिएको सूचना अधिकारी वाग्लेले बताए । विश्वमै दुर्लभ दुई हजार ४ सय बढीको बाह्रसिङ्गाको झुण्ड र थोरै क्षेत्रफलमा ४३ वटा पाटे बाघ रहेको शुक्लाफाँटामा ४ सय ५० बढी प्रजातिका चराचुरुङ्गी रहेको बाग्लेले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान