चैत्र २७ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहीबार साँझ पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ६ जना घाइते भएका हुन ।
दुर्घटनामा कृष्णपुर नगरपालिका वडा नम्बर–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहराको मृत्यु भएको हो । घाइते ६ जनालाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्स मार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
Post Views: 5


