"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा वनडढेलो न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना

No data was found

Khabar Raftar

चैत्र १२ बैतडी । वनडढेलो न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालय बैतडीले ‘वन डढेलो व्यवस्थापन सप्ताह’ को अवसमा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी नरेशचन्द्र कर्णले नेपाल भौगोलिक विविधताले सम्पन्न मुलुक भए पनि वनडढेलोका कारण वन क्षेत्रमा पाईने प्राकृतिक बहुमूल्य जडीबुटी सम्पत्तिमा ठुलो क्षति भइरहेको बताए ।

सप्ताहको अवसरमा बैतडीमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउदै उनले समुदायस्तरमा जनचेतना फैलाएर आगलागीका घटना घटाउन सकिने बताए । विद्यालयको पाठ्यक्रममा समेत वनडढेलो सम्बन्धी विषय समावेश गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा विशेषगरी सल्लो वनमा आगलागीका घटना बढी हुने गरेका छन् । पाटन नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष राजेन्द्र बिष्टका अनुसार खर–फाग्लो जलाउने तथा घाँस छिटो पलाउने गलत मान्यताका कारण वनडढेलोका घटना हुने गरेका छन् ।

डिभिजन वन कार्यालयले सप्ताहको अवसरमा समुदायलाई आगलागी व्यवस्थापन सम्बन्धी अभ्यास समेत गराउँदै आएको जनाएको छ । नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुन देखि जेठसम्म वन क्षेत्रमा डढेलोको जोखिम उच्च रहने गरेको छ ।

डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

वन विभागको तथ्याङ्क अनुसार नेपालको करिब ४४.७४ प्रतिशत भू–भाग वनले ढाकेको छ भने हरेक वर्ष झन्डै दुई हजार भन्दा बढी आगलागीका घटना हुने गरेका छन् । डढेलोका कारण वन क्षेत्रले वर्षेनी ठुलो क्षति बेहोर्दै आएको छ । वनमा हुने आगलागी नियन्त्रणका लागि हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउने गरिन्छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान