"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको तलकोटमाघरघरमा धारा जडान भएपछि खानेपानीको समस्या झेल्दै आएका स्थानीय खुसी

No data was found

Khabar Raftar

चैत्र १० बझाङ । बझाङको तलकोट गाउँपालिकाका घरघरमा खाने पानीका धारा जडान भए पछि बर्षौ देखिको खानेपानीको समस्या झेल्दै आएका स्थानीय खुसी भएका छन । तलकोट गाउँपालिका र जलवायु परिवर्तन स्थानिय अनुकुलन (ल्याक) परियोजनाले खानेपानीका धारा घरघरमा जडान भएपछि बर्षौ देखिको खानेपानीको समस्या झेल्दै आएका स्थानीय खुसी भएका हुन ।

परियोजनाले घरघरमा खानेपानीका धारा जडान गरी दिए पछि खाने पानीको समस्याबाट स्थानीयले छुटकारा पाएका हुन् । तलकोट गाउँपालिका वडा नम्बर २ बोहरा गाउकी ६० बर्षीय सुर्मा देवि बोहराले बर्षौ देखिको खानेपानीको समस्याबाट मुक्ति पाएको बताईन । गाउँको छेउमा रहेको पुरानो धाराबाट घन्टौँ लाईनमा बसेर खानेपानीको जोहो गनु परेर्को अबश्थाबाट अहिले मुक्ति पाएको उनले बताईन ।

तिरतिरे धाराको भरमा पर्दा समय वितेको पत्तै नहुने बताउदै उनले पालो कुर्नु पर्ने भएपछी गाउँ भन्दा अलि टाढा रहेको घट्टे खोलाको पानी ल्याएर पिउनु पर्ने बाध्यता रहेको सुनाईन । खानेपानीको समस्या आफुले मात्रै नभई सबैले खेप्नु परेको उनले बताईन । त्यसैगरी ८५ बर्षिया बेलमति ऐडीले पनि खानेपानीको समस्याको सामना गर्नु परेको बताईन ।

अधिकांश समय खोलाको फोहोर पानी पिउनु परेको सुनाउदै उनले डोकोमा खानेपानी ल्याउने तामाको गाग्रीमा पानी बोकेर गुजरा चलाउनु परेको बताईन । पशुचौपायले पिउने खोलाको पानी पशु सरह आफुहरुले पनि पिउनु पर्ने बाध्यात्मक अवस्था त्यतीबेला रहेको उनले सुनाईन ।

त्यसैगरी गाउँको छेउमा भएको धारामा प्रसस्त मात्रामा पानी नआउदा घट्टेखोलामा पुगेर त्यही खोलाको फोहोर पानी पिउनु पर्ने अवस्था रहेको सुर्मा देवि बोहराले बताईन् । घट्टेखोला बाट डोकोमा पानी बोक्दा बोक्दै टाउकोमा भएको सबै कपाल समेत सक्किएको बताउदै उनले एक अम्खरा पानीका लागी तड्पीनु पर्ने बाध्यता रहेको   सुनाईन ।

गाउँ नजिकै खानेपानीका मुहान नभएको र अलि गाउँ भन्दा टाढा खानेपानीका मुहानहरु रहेको भएपनि सरकारले अहिले सम्म आफुहरुको समस्या सुन्न नसकेको उनले बताईन । गाउँलेहरुसंग लगानी गरेर खानेपानी ल्याउन सक्ने आर्थिक अवस्था नभएको बताउदै उनले खानेपानीको विषय आकासको फल आँखा तरी मर उखान जस्तै भएको बताईन ।

जंगलमा खानेपानीका मुहान भए पनि खोलाको दुषित पानी पिउनु पर्ने अवस्था रहेको उनले बताईन । पानीको समस्या पुरै बोहरागाउँ,म्यारी गाउँ,तिपा गाउँ र डाँडा गाउँका सबै नागरीकहरुको संयुत्त समस्या भएको उनले बताईन ।

आँखै अगाडी खोलामा दिसा पिसाब बगेको देख्दा देख्दै पनी खोलाबाट पानी ल्याएर पिउनु पर्ने अवस्था रहर नभई बाध्यता भएको उनले बताईन । दुषित पानीका कारण बालबालिका र सबै नागरीकले पखाला, आँउ जस्ता रोगहरुको सिकार हुनु परेको बताउदै उनले अहिले स्थानीय नागरीकहरुले यी समस्याहरुबाट छुटकारा पाएको बताईन ।

तलकोट गाउँपालिका र ल्याक परियोजनाको संयुत्त लगानीमा स्थानीय नागरीकको घरघरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन । बोहरा गाउँ,म्यारी, तिपा, डाडाँ खानेपानी उपभोत्ता समिति मार्फत जलवायु परिवर्तन स्थानीय अनुकलन परियोजना र तलकोट गाउँपालिकाको सहकार्य मार्फत खोनेपानी योजनाको काम सम्पन्न भएको तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशव राज भट्टले बताए ।

गाउँमा खानेपानी नहुँदा निकै समस्या झेल्नु परेको बताउदै उनले समस्या बारे गाउँपालिकालाई जानकारी भएपनि पालिकामा सिमित स्रोत साधनका कारण खानेपानी निर्माण गर्न नसकिएको बताए । सहयोगी संस्थाको खोजी गर्दै गर्दा तलकोट गाउँपालिका र ल्याक परियोजनाको सहयोगमा खानेपानी, सिचाई कुलो, विभिन्न आत्मनिर्भरका कामहरु गरी रहेको बताउदै उनले परियोजनाले गाउँपालिकामा विकासको ईट्टा थप्ने कार्य गरेको बताए ।

परियोजना मार्फत ४ वटा टोलमा ५५ वटा खानेपानीका धारा जडान गरी खानेपानी योजना सम्पन्न भएको परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाले बताए । जलवायु परिवर्तन स्थानिय अनुकुलन परियोजना जिल्लाको तलकोट गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा लागु भएको उनले बताए ।

परियोजनाले जीविको पार्जन , सिचाई, खानेपानी, बन तथा वातारण सम्बन्धि विभिन्न कार्यहरु गर्दै आएको उनले जानकारी गराए । जलवायु परिवर्तन स्थानिय अनुकुलन परियोजनाकी टिम लिडर सान्नालिना राउटेनन्न तलकोट गाउँपालिकामा पुगेर आईतबार खानेपानीको औपचारीक रुपमा उद्घाटन गरीएको उनले बताए ।

परियोजना तलकोट गाउँपालिकाको सहकार्य र युरोपियन संघ फिडल्याण्ड सरकारको सहयोगमा संचालन भएको उनले बताए । बर्षाै देखी खानेपानीको समस्या झेल्दै भएका नागरिकहरुको घरघरमा खानेपानीका धारा जडान भएपछी निकै खुःसी भएका छन । बर्षौ देखीको समस्याबाट छुटकारा पाएकाले गाउँमा खुसीयाली छाएको समाजसेवी ज्ञान बहादुर बोहराले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान