युवाहरु देशको मेरुदण्ड हुन । देश विकासका लागी राजनैतिक विकासका लागी युवाशक्तिको महत्वपूर्ण भूमीका हुन्छ । नेपालको युवाशक्ती हरेक दिन विदेश पलायन हुदै गएकाले नेपालमा बुढाबुढी मात्रै रहेका छन । हरेक बर्ष रोजगारीका लागी विदेशिने नेपालीहरुको संख्या बढ्दै गएको छ ।
युवा शक्ती रोजगारीका लागि विदेशिनेक्रमले नेपालमा उत्पादन समेत कम हुदै गएको छ । नेपालको आधा भन्दा वढी जनसंख्या विदेश पलायन हुदै आएकाले पनि नेपालका गाउबस्तिहरु युवाविहीन बन्दै गएका छन । युवाजती खाडीमा र नेपालमा बुढाबुढी र बालबालीका मात्र भएकाले नेपालको उत्पादन समेत घट्दै गएको हो । उत्पादन घट्दै गए पछि खाद्यमा समेत नेपालले पर निभर बन्नु परेको छ ।
मेहनेत गर्न सक्ने युवा युवतीहरु विदेश जाने प्रबृतीलाई नेपालमै रोक्न जरुरी छ । नेपालमा बेरोजगारी भएका कारण विदेशिनु बाध्य बनेका नेपाली युवायुवतीहरुलाई नेपालमै रोक्ने सरकारले बाताबरण बनाउनु पर्छ । नेपालमा उद्योग कलकारखाना खोल्नु पर्छ । जोस जाँगर र उमंग हुदा विदेशमा रगत पसिना बगाउने र बुढो भएपछि केही गर्न नसक्ने अबश्थामा नेपाल बस्ने जस्ता कारणले पनि नेपाल गरिब बन्दै गएको छ ।
नेपालका ७७ वटै जिल्लाहरुबाट विदेशीनेहरुको संख्या बढ्दै जादा पनि देशका शासकहरु गम्भिर नहुनुले शंका उपशंकाहरु उब्जिएका छन । देशलाई रेमीट्यान्सको आधरमा मात्र चलाउन खोज्ने मूर्ख नेताहरुले एक पटक गम्भिर भएर सोच्न जरुरी छ । युवाहरुलाई विदेश जानबाट रोक्न जरुरी छ ।
गरिबीका कारण मीठो सपना देखेर विदेशीनेहरु लास बनेर दैनिक बाकसमा फर्कदा समेत सरकार गम्भिर हुन सकेको छैन । नेपाली जनताहरुलाई यो विषयले पीरोलेको छ । त्यसैले नेपाली जनताहरुले अहिले आफ्नो जनमत परिबर्तन गरेका छन । सरकार कहिले सम्म बाकसमा लास बनेर आएका युवाहरुलाई हेरी राख्ने भन्ने प्रश्न गर्दे राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएका छन ।
अब बन्ने सरकारले जनताको प्रश्नको जवाफ दिनेगरी काम गर्न जरुरी छ । लास बनेर बाकसमा फर्किनु पर्ने अबश्थाको अन्त्य गर्नेगरी नया बन्ने सरकारले काम गर्न जरुरी छ । देशमा रोजगारी सृजना गरी विदेश पलायन हुने युवायुबतीहरुलाई नेपालमै रोक्ने बाताबरण बनाउन जरुरी छ ।
विदेश पलायन हुदै गएको युवाशक्तिलाई नेपालमै रोक्न जरुरी छ । देशको सम्बृद्धी र उन्नतीका लागी युवाशक्ति विदेश पलायन हुन नदिने गरी नया बन्ने सरकारले काम बर्ग जरुरी छ । जनताको मन जित्ने गरी काम गर्नुका साथै विकासको गतीलाई अगाडी बढाउन जरुरी छ ।

