पत्रकारितामा चुनौती थपीदै जाने गरेका छन । बर्तमान आर्थिक,राजनैतिक संकटको असर आमसञ्चारमा पनि परेको छ । देशको आर्थिक,राजनीतिक संकटका कारण पत्रकारिता तथा मिडीया जगतले विभिन्न समस्याहरु झेल्नु परेको छ । कोरोना महामारीका कारण समस्यामा परेको सञ्चार क्षेत्र आर्थिक,राजनीतिक संकटका कारण थप समस्यामा परेको छ ।
अर्थतन्त्र धरासायी भएका कारण व्यवसाय चल्न नसकेर बन्द ह“ुदा सञ्चार क्षेत्रले विज्ञपनको समेत चुनौती थेग्नु परेको छ । आर्थिक मन्दीका कारण सबै भन्दा बढी आमसञ्चार मारमा परेको छ । देशको राजनीतिक अस्थिरतका कारण आर्थिक संकट उत्पन्न भएकाले सञ्चार क्षेत्र कमजोर बन्दै गएको छ । सञ्चार कमजोर हु“दा नागरिक अधिकार कमजोर हुदै गएको छ । नागरिक अधिकार कमजोर हुदै गएकाले लोकतन्त्र कमजोर हुन थालेको छ ।
जसको ज्वलन्त उदाहरण राजतन्त्रको नारा लाग्नु हो । देशको राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेको सञ्चार क्षेत्रलाई नया“ उचाईमा पु¥याउन सञ्चारको क्षेत्रमा नया“ बहसको सुरुबात गर्न जरुरी छ । हिजो आमसञ्चारको आवश्यकता गणतन्त्र स्थापनाका लागी महत्वपूर्ण थियो भने अब समाजवादका लागी हुन जरुरी छ । सञ्चार क्षेत्रमा देखिएका चुनौतीको समाधान गर्न राज्यका निकायहरुले तत्परता देखाउन जरुरी छ ।
लक्षित लोककल्याणकारी विज्ञापनका साथै पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्न जरुरी छ । पत्रकारको पेशागत हकहितको संरक्षण गर्नुकासाथै सुशासन र मानव अधिकारका क्षेत्रमा सरकार जिम्मेवार हुन जरुरी छ । सञ्चार क्षेत्रले पनि नया“ ढंगबाट आफूलाई उभ्याउन जरुरी छ । पत्रकारिताको ठोस बहस हुन जरुरी छ । कुरा गर्ने काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।
पत्रकार महासंघ सदस्यताको राजनीतिमा मात्रै लिप्त नभई सम्पूर्ण पत्रकारहरुको हकहीतमा लाग्न जरुरी छ । विचार र अभिव्यक्तिको रक्षाका विषयमा,मिडियाकर्मी र मिडियालाई व्यवस्थित कसरी गर्ने भन्नेमा सबैले जिम्मेवार र दृढ भएर प्रस्तुत हुन जरुरी छ ।
आमसञ्चार सम्बन्धी भएका कानून कार्यान्वयनमा ल्याउन जरुरी छ । आर्थिक तरलता र राजनीतिक अश्थीरताका कारण समस्या भएकाले त्यसमा सुधार गर्दै सरकारले पेशागत सुरक्षाका विषयमा बढी जिम्मेवार बन्न जरुरी छ । पत्रकारिताले भोग्दै आएका समस्या समाधान गर्न जरुरी छ ।

