फागुन २८ धनगढी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६ सय २४ मत बदर भएका छन । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत अर्थात ४१ हजार ६ सय २४ मत बदर भएका हुन ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार ४ सय ५० मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा आठ लाख ८४ १ सय ७७ मत खसेकोमा ४१ हजार ६ सय २४ मत बदर भएको जानकारी गराए । पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नम्बरं १ मा ५९ हजार ३ सय ११ मत खसेकामा तीन हजार २ सय ५८ मत बदर भएका छन ।
त्यसैगरी, कैलाली–२ मा ५६ हजार ९ सय ६७ मत खसेकामा दुई हजार ६ सय ४६ मत बदर भएको सूचना अधिकारी भाटले जानकारी गराए । त्यसैगरीे कैलाली–३ मा ६० हजार ३ सय ३२ मत खसेकोमा दुई हजार ९ सय १३ मत बदर भएका छन भने कैलाली–४ मा ६३ हजार १ सय १७ मत खसेकोमा दुई हजार ९ सय ७ मत बदर भएका छन ।
कैलाली–५ मा ६६ हजार २ सय ९५ मत खसेकोमा दुई हजार ८ सय ७ मत बदर भएका छन । त्यसैगरी, तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बरं १ मा ६१ हजार ३ सय ६७ मत खसेकोमा तीन हजार २ सय ३४ मत बदर भएका छन भने निर्वाचन क्षेत्र नम्बरं २ मा ६६ हजार ५४ मत खसेकोमा तीन हजार ४ सय ३० मत बदर भएका छन ।
त्यसैगरी, कञ्चनपुर–३ मा ५८ हजार ५ सय ४३ मत खसेकोमा तीन हजार ३ सय ९९ मत बदर भएका छन । त्यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नंम्बर १ मा कुल ३२ हजार २ सय ४३ मत खसेकोमा एक हजार १ सय १९ मत बदर भएका छन ।
अछाम–२ मा ३२ हजार ६ सय ५० मत खसेकोमा एक हजार ५ सय ३१ मत बदर भएका छन । एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६ सय ६९ मत खसेकोमा एक हजार २ सय मत बदर भएका छन भने डोटीमा ५२ हजार ९ सय ६ मत खसेकोमा दुई हजार ४ सय ६९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी गराएको छ ।
त्यसैगरी दार्चुलामा कुल ५० हजार ९ सय ३० मत खसेकोमा एक हजार ६ सय ८ मत बदर भएका छन भने बैतडीमा ७२ हजार ३ सय ८ मत खसेकोमा चार हजार १ सय २६ मत बदर भएका छन । त्यसैगरी, डडेल्धुरामा २६ हजार २ सय ११ मत खसेकोमा दुई हजार २५ मत बदर भएका छन ।
सुदूरपश्चिम प्रदेशमा ५१.१२ प्रतिशत मतदान भएकोमा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ । सुदूरपवश्च्मि प्रदेशका १६ वटा निर्बाचन क्षेत्र मध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन, बैतडी र डडेल्धुरा गरी १० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन ।
डोटी, अछाम–१ र बाजुरा गरी ३ क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन भने बझाङ, दार्चुला र अछाम–२ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन ।


