गास, बास, कपास, शिक्षा, स्वाश्थ्य र रोजगार हरेक मान्छेको नैसर्गीक अधिकार हो । नेपालको संविधानले यसको प्रत्याभूत गरेको छ । तर पनि मान्छेहरु स्वाश्थ्यउपचार नपाएर अकालमा मर्नु परेका थुप्रै उदाहरणहरु छन । दुरदराजका मान्छेहरुले ज्वरो आउ“दा सामान्य सिटोमोल समेत नपाउने अबश्था छ । नेताहरु विरामी हु“दा विदेशको महंगो अस्पतालमा उपचार गर्नु पर्ने संस्कार रहेको छ । त्यो पनि सरकारी खर्चमा उनीहरुको उपचार हुने गरेको अबश्था छ । नया“ बन्ने सरकारले यस्लाई तोड्न जरुरी छ । ग्रामीण बस्तिका स्वाश्थ्य संसथाहरुलाई सुविधा सम्पन्न बनाउनुका साथै गरिव विपन्न बर्गसमुदायलाई निशुल्क स्वाश्थ्य उपचारको ब्याबश्था मीलाउन जरुरी छ ।
अहिले पनि महिलाहरुले बाटोमै सुत्केरी हु“नु परेको अबश्था छ । रक्तश्रावका कारण मृत्यु बरण गर्र्नु परेको अबश्था छ । थुप्रै बालबालीकाहरु अहिले पनि शिक्षाको पहुच भन्दा बाही रहेका छन । खान र लगाउन समेत पाएका छैनन । रोजगार त टाढाको विषय हो । विरामी हु“दा स्वास्थ्य उपचार पाउन सकेका छैनन । राज्यले भन्ने गरेको निशुल्क स्वाश्थ्य सेवा पहु“चवालाको नभई सामान्य भुई मान्छेको बनाउन जरुरी छ ।
देशमा जुनसुकै व्यवस्था आए पनि दलित, महिला र विपन्न बर्ग समुदायको स्वास्थ्यमा पहु“च पुग्न सकेको छैन । अब बन्ने सरकारले यस विषयमा ध्यान दिन जरुरी छ । समाज परिबर्तनमा, देश निर्माणमा महत्वपूर्ण योग्दान पु¥याउने दलित बर्ग समुदाय प्रति राज्य गम्भिर हुन जरुरी छ । मान्छेको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । संविधानमा ब्याबश्था गरिएको मौलीक हकको कदर गर्दै संविधानमा भएका ब्याबश्थाहरुलाई कार्यान्वयन गर्न जरुरी छ । गरिव तथा विपन्नको निशुल्क स्वाश्थ्य उपचारको ब्याबश्था गर्न जरुरी छ । स्वाश्थ्य उपचारमा सहज पहु“च पु¥याउन जरुरी छ ।

