फागुन २६ धनगढी । सुदूरपश्चिम प्रदेशका २ सय ६ जना उम्मेदवार मध्ये १ सय ४४ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशका नौ वटै जिल्लाका १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा१ सय ४४ जनाले सदर मतको १० प्रतिशत मत कटाउन नसक्दा जमानत जफत भएको हो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ । त्यसैगरी कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा रहेकोमा जसमध्ये ४२ जनाको जमानत जफत भएको छ ।
डडेलधुराका १३ जना मध्ये ९ जना उम्मेदरवारको ले जमानत जफत भएको छ । बैतडीमा पनि ११ जना मध्ये ६ जनाको जमानत जफत भएको छ । दार्चुलामा ११ जना उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भएको छ । डोटीमा पनि ९ उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ ।
त्यसैगरी बझाङमा ७ जना मध्ये ३ जना उम्मेदवारको जमानत जफत भएको छ । अछाम–१ मा ८ जना उम्मेदवार मध्ये ५ जनाको जमानत जफत भएको छ । बाजुरामा पनि ८ जना उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।


