फागुन २५ धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत कैलाली निर्बाचन क्षेत्र नम्बर–५ को सामानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अग्रस्थानमा रहेको छ ।
सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३२ हजा ९ सय ५३ मत पाएको प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १० हजार ३ सय ७३ मत,नेपाली कम्प्युनिष्ट पार्टीले पाँच हजार ८ सय ८६ मत र नेकपा एमालेले पाँच हजार ८ सय ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Post Views: 35


