फागुन २५ धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्बाचनमा २ सय ६ जना उम्मेदवारले उम्मेद्वारी दिएकोमा १ सय ९० जना उम्मेदवारहरू पराजित भएका छन ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २ सय ६ जना उम्मेदवारले उम्मेद्वारी दिएकोमा १ सय ९० जना उम्मेदवारहरू पराजित भएका हुन । अन्तिम मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा बढी १० निर्वाचन क्षेत्रबाट रास्वपाले जित हासिल गरेको छ ।
अन्य ६ सिटमा कांग्रेस र एमालेले ३÷३ सिट जितेका छन । निर्वाचनमा १६ सिटका लागि सुदूरपश्चिम प्रदेशमा २ सय ६ जनाले उम्मेदवारी दिएका थिए । विभिन्न पार्टीबाट मात्रै नभई स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या पनि उत्तिकै थियो । मतपरिणाम पछि निर्वाचनमा उठेका २ सय ६ जना मध्ये १ सय ९० जनाले हार बेहोर्नुपरेको छ ।
सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि कुल २ सय ६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका भएपनि १६ जनाले मतदाताको विश्वास जितेर संसद्को ढोका खोलेका छन् भने बाँकी १ सय ९० जना उम्मेदवारहरू पराजित भएका छन् । पराजित हुने १ सय ९० जनामा कतिपय स्थापित नेताहरू छन भने कतिपय पहिलो पटक चुनावी अनुभव बटुलेका युवा तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।


