बलात्कार घटनामा नेपाल सरकार जवाफदेही हुन नसकेको देखिएको छ । त्यसैले बलात्कारका घटनाहरु बढ्दै गएका छन । बलात्कार पछि हत्या गर्ने कार्यहरु बढ्दै गउका छन । झुण्डीएर आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।
झुण्डीएको अबश्थामा भेटिएका शवहरुलाई आत्महत्या मान्ने गरिएका कारण बलात्कार पछि झुण्ड्याउने गरिएका उदाहरणहरु पनि छन । आत्महत्या केकती कारणले गरीयो, किन गरियो भन्ने कुरा बुझन जरुरी छ ।
निर्मला पन्तको बलात्कार पछि हत्या घटनाका अपराधी अहिले पनि पत्ता लागेको छैन । त्यसपछि पनि थुप्रै बलात्कार पछि हत्याका घटना भएका छन । बलात्कार गरी हत्या गरेर झुन्ड्याएका उदाहरणहरु पनि छन । यस्ता घटनाहरुमा अस्पताल प्रशासन देखि डाक्टरहरु पनि जिम्मेवार हुन जरुरी छ । मृतकको पोष्टमार्टम रिपोर्ट कसैको दबावमा बनाउन जरुरी छ ।
बलात्कार पछि गरिउका हत्याका घटनामा पनि झुन्डिएर मृत्यु भएको भन्ने रिपोर्ट सार्वजनिक हुने गरेका कारण पीडित परिवारहरुले डाक्टर प्रति विश्वास गर्न छाडेका छन । पीडितका आफन्तहरु झन पीडामा पर्नु परेका उदाहरणहरु छन । बलात्कार घटना प्रति सरकार जिम्मेवार हुन जरुरी छ ।
झुण्डीएका घटना बलात्कार पछि हत्याका घटना पनि हुन सक्छन भन्ने सोचले अनुसंन्धान गर्न जरुरी छ । सामान्य रुपमा लिने हो भने बलात्कार पछि झुण्ड्याइएका घटनाले स्थान पाउने भएकाले सम्बन्धित सबैले सचेत हुन जरुरी छ । बलात्कारका घटनाहरु न्यूनीकरण गर्न अपराधीलाई हदै सम्मको कारबाही गर्न जरुरी छ ।
सत्ता र सक्तिको आडमा बलात्कार जस्ता जघन्य अपराधका घटना दबाईने गरिएकाले बलात्कारका घटनाहरुमा कमी आउन सकेको छैन । त्यसैले बलात्कारका घटनाहरुमा सबै भन्दा बढी प्रहरी प्रशासन जवाफ देही हुन जरुरी छ । सरकार प्रहरी प्रशासन र नागरिक सबैले सम्बेदनसिल हुन जरुरी छ ।

