फागुन ११ डोटी । बडीकेदार गाउँपालिकाले दृष्टि फाउण्डेशन, नेपालकी अध्यक्ष कल्पना भट्टलाई सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेशमा साहाराविहीन, शारीरिक तथा मानसिक समस्याले सताइएका र कष्टपूर्ण अवस्थामा रहेका व्यक्तिहरू तथा अनाथ बालबालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै गाउँपालिकाले भट्टलाई कदर पत्र सहित सम्मान गरेको हो ।
दृष्टि फाउण्डेशनले आवास, भोजन, स्वास्थ्य उपचार र शिक्षाको प्रबन्ध गरी असहाय तथा अनाथ बालबालिकालाई सामान्य जीवनयापन तर्फ अग्रसर गराउने कार्य गरिरहेको दृष्टि फाउण्डेशन, नेपालकी अध्यक्ष कल्पना भट्टले बताइन् ।
गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले कठिन परिस्थितिका बीच पनि मानवलाई सहयोग गर्ने ब्यक्ति नै सच्चा भगवान भएको बताउदै पालिका सधैब संस्थालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए । गाउँपालिकाले दृष्टि फाउण्डेशन, नेपालको उत्तरोत्तर प्रगति तथा अध्यक्ष भट्टको सुस्वास्थ्य र दीर्घायुको कामना समेत व्यक्त गरेको छ ।


