"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराका नौ वटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन

No data was found

Khabar Raftar

फागुन ०९ बाजुरा । बाजुराका नौ वटै स्थानीय तहका विभिन्न गाउँबस्तीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सहज रूपमा मतदान गर्ने उद्देश्यले गाउँ–टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाताले आफूले रोजेको उम्मेदवारलाई सही तरिकाले मतदान गर्न सकुन् भन्ने उद्देश्यले गाउँबस्तीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको हो । हिमाली गाउँपालिका वडा नम्बर–६, धीमकी सुर्जकला रोकायाले मतदाता शिक्षा पाएसँगै आफू ढुक्कका साथ सही तरिकाले मतदान गर्न सक्षम भएको बताईन ।

आगामी निर्वाचनमा आफ्नो गाउँको विकास गर्न सक्ने उम्मेदवारलाई ढुक्कका साथ मतदान गर्ने तयारी गरेको रोकायाले बताईन । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्त गरी घरदैलो अभियान सञ्चालन गरिएको जानकारी गराए ।

मतदाता शिक्षकहरूले गाउँघरमा पुगेर मतदान गर्ने तरिका, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनु पर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिँदै आएको उनले बताए । कार्यक्रमका कारण मतदातालाई फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न सहज भएको उनले बताए ।

यसपटक जिल्लामा बदर मत कम हुने अपेक्षा गरिएको उनले बताए । बाजुरामा ४५ हजार ४ सय २८ जना पुरुष, ४२ हजार ४ सय ३१ जना महिला र अन्य दुई जना गरी कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेको उनले जानकारी गराए । मतदानका लागि जिल्लामा ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान