"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाँझो जमीनमा उखु खेती गरी बार्षिक पाँच लाख आम्दानी

No data was found

Khabar Raftar

फागुन ०७ बैतडी । बैतडीको दशरथचन्द नगरपलिका वडा नम्बर–४ बिनासौं गाउँका दिपक काकीले बाँझो जमीनमा स्थानीय जातको उखु खेती गरी बार्षीक पाँच लाख रुपैया आम्दानी गर्ने गरेका छन । दशरथचन्द नगरपलिका वडा नम्बर–४ बिनासौं गाउँका काकीले करिब ७५ प्रतिशत मानिसले बसाइँसराई गरी हिँडेपछि खाली रहेको बाँझो जमीन भाडामा लिएर उखु खेती गरी गुड बनाई बेचेर बार्षीक पाँच लाख रुपैया आम्दानी गर्ने गरेका हुन ।

कार्कीले आफ्नै बाँझो जग्गा र गाउँलेले छाडेको बाँझो जग्गा भाडामा लिएर ४० रोपनी क्षेत्रफलमा उखु खेती विस्तार गरेका छन । दशरथचन्द नगरपालिकाका कृषि शाखा प्रमुख समेत रहेका दिपक कार्की जागीरसँगै व्यवसायिक गुड उत्पादनमा लागेका    हुन । जिल्ला सदरमुकाम नजिकै नगरपालिकाको बिनासौं गाउँ जङ्गली जनावर बाँदर, बँदेल र दुम्सीका कारण रित्तिएको उनले बताए । जङ्गली जनावरले खेतीपाति नास गर्न थालेपछि ७५ प्रतिशत मानिस अन्यत्रै बसाइँसरी गएको उनले बताए ।

खाली जग्गा भाडामा लिएर उखु खेती गरेको जानकारी गराउदै कार्कीले एक मेट्रिक टन गुड उत्पादन गर्दै आएको बताए । माघ देखि चैतसम्म उखु पेलेर एक मेट्रिक टन गुड उत्पादन हुने गरेको बताउदै उनले स्थानीय गुडको बजार मूल्य प्रति किलो ३ सय ५० रुपैयाँ भएको बताए । एक मेट्रिक टन गुड उत्पादन गरेर पनि माग पूर्ति गर्न नसकिएको उनले बताए ।

कार्यालय समय पछि साँझ विहान र बिदाको दिन उखु बारीमै बित्ने गरेको बताउदै उनले आफु नभएको बेला बुवा, आमा र श्रीमतिले सहयोग गर्दै आएको बताए । खेतबारीमा उखुसँगै व्यवसायिक तरकारी खेती समेत गर्दै आएको बताउदै उनले परम्परागत रुपमा गरिँदै आएको उखु खेतीलाई व्यवसायिक ढङ्गले अघि बढाउँदा जग्गाको आवश्यकता भएको बताए । गाउँलेले बाँझो छाडेको जग्गा भाडा लिएर विगत पाँच वर्षदेखि उखु खेती सुरु गरेको उनले जानकारी गराए ।

उखु पेल्न परम्परागत कोलभन्दा उखुको जुस निकाल्ने विद्युतीय मेशिन जडान गर्दा सजिलो भएको बताउदै उनले गुड पकाउन भने ५० लिटर क्षमताको तौलाको (तामाको भाँडा) राखिएको बताए । तामाको भाँडामा उखुको रसलाई चार घण्टा पकाए पछि गुड तयार हने बताउदै उनले तामाको भाँडामा पकाएको गुड आयुर्वेदिक औषधीमा समेत प्रयोग हुने गरेको जानकारी गराए ।

स्थानीय गुडबाट आशिव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधी बन्ने गरेको स्थानीय वैद्य भोजराज भट्टले बताए । बैतडीको स्थानीय जातको उखुको गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृति गुणकारी तत्व पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने उनले जानकारी गराए ।

पहाडी बस्ती रित्तिएका बेला उखु खेती सुरु गर्दा चुनौति पनि थपिएको कार्कीका पिता वीरसिंह कार्कीले   बताए । उखु बारीमा जङ्गली जनावर बँदेलले क्षति गर्दा यस वर्ष करिक डेढ लाख रुपैयाँ बराबरको नोक्सान भएको उनले   बताए । यस वर्ष बैंकबाट ऋण लिएर उखु बारीमा हरियो रङ्गको जालीले घेरबार गरिएको उनले जानकारी गराए । पहाडमा केही हुँदैन भनेर गाउँ छाडेर जानेहरुलाई सन्देश दिन विकल्पमा उखु खुती सुरु गरेको बताउदै उनले अन्य बाली भन्दा उखुमा बाँदर र दुम्सीले कम क्षति गर्ने बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान