फागुन ०७ बाजुरा । बाजुराका भूकम्प पीडितलाई घरबासको चिन्ताले सताउन थालेको छ । विगतका केही वर्ष देखि बारम्बार आउने भुकम्ले चर्किएका घर भत्किन थालेपछि बाजुराका भूकम्प पीडितलाई घरबासको चिन्ताले सताउन थालेको हो ।
खप्तडछेडेदह गाउँपालिका वडा नम्बर–६, नाइनाका स्थानीय रामबहादुर चदाराले विगत दुइ वर्ष देखि भूकम्पले हल्लाएको घर आफैँ भत्किन थाले पछि कहाँ बास बस्ने भन्ने चिन्ताले सताउन थालेको बताए । केही वर्ष पहिला भूकम्पले चर्किएको घर पुनः निर्माणका लागि सबैलाई गुहार मागेको बताउदै उनले कतैबाट सम्भव नभएको बताए । आफूसम्म पैसा नहुँदा हिउँदको महिना त्यसै घरमा बास बस्दै आएको उनले बताए ।
२०८२ साल फागुन ५ गते राति त्यसै घरमा सुति रहेको बेला एक्कासि घर भत्किएको बताउदै उनले। ज्यान जोगाउन सफल भएपनि घरमा राखेको खाद्यान्न लुगा कपडा सबै पुरिएको बताए । अहिले के लगाउने कहाँ बस्ने के खखाने भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।
त्यसैगरी खप्तड छेडेदह गाउँपालिकाका स्थानीय खगेन्द्र नाग योगीले २०७९ साल देखि दर्जनौ घर बाढीपहिरो तथा भुकम्पको जोखिममा रहेको बताउदै अन्य सयौँ घरहरु स्थानान्तरणको पर्खाइमा रहेको बताए । भूकम्प पीडितका घर पुनः निर्माण तथा बस्ती स्थानान्तरणका लागि पालिकामा प्रत्येक वर्षमा पैसा आए पनि त्यो पैसा काम नगरेर त्यसै फिर्ता हुने गरेकोउनले बताए ।
नागरिकको समस्याका लागि पैसा आउने भएपनि नेताका कारण त्यो पैसा काम नलागेर सधै फिर्ता जाने गरेको बताउदै उनले स्थानीयले गास, बास र कपासको चिन्ता गर्नु परेको बताए । खप्तड छेडेदह गाउँपालिकाका धेरै बस्ती स्थानान्तरणको पर्खाइमा रहेको उनले बताए । कतिपय घरहरू पुर्णरूपमा भत्किएको भए पनि उनीहरूलाई त्रिपालको व्यवस्था बाहेक अरु केही गर्न नसकिएको पालिकाले जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले खत्तड छेडेदह गाउँपालिकाको पुर्ननिर्माण कार्यक्रमका लागि पहिलो किस्ता रकम गई सकेको जानकारी गराउदै अन्य किस्ताको पनि प्रक्रिया भइरहेको बताएका छन । पुनःनिर्माणबााट प्राविधिकको टोली आएर अनुगमन गर्ने बित्तिकै उनीहरूको त्यो रकम पालिकाकै खातामा जाने उनले जानकारी गराएका छन ।


