"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

No data was found

Khabar Raftar

फागुन ०५ बाजुरा । निर्बाचनको समय नजिकीदै गर्दा बाजुराका विभिन्न गाउँ बस्तीका घरदैलोमा झुन्ड्याएर राखिएका दमाहा बाजाको प्रयोग बढ्दै गएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागी प्रचार प्रसार सुरु भएसंगै घरदैलोमा झुन्ड्याएर राखिएका दमाहा बाजाको प्रयोग बढ्दै गएको हो । उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समय देखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएका हुन ।

बाजुरामा चुनावी प्रचार प्रसारको रौनकता छाएको छ । चुनावी अभियानमा गाउँमा आउने उम्मेदवारहरूलाई दमाहा बाजाले स्वागत गर्ने गरेपछि गाउँका दमाहा बाजाको प्रयोगबढेको स्थानीयले बताएका छन । त्रिवेणी नगरपालिकाका नरी नेपालीले जिल्लाका विभिन्न गाउँ बस्तीमा उम्मेदवारहरूले आफ्नो घरदैलो कार्यक्रम सुरु गरेकाकाले गाउँ बस्तीमा पुगेपछि स्वागतका लागि बाजाको प्रयोग हुने गरेको बताए । माघ फागनुमा विवाह र दशैँमा बजाउने दमाहा बाजा अहिले उम्मेदारको स्वागतमा प्रयोग हुने ग रेको बताए ।

प्राय विवाहमा दमाहा बाजाको प्रयोग नभई ब्यान्ड बाजाको हुने गरेको बताउदै उनले गाउँमा ब्यान्ड बाजा ल्याएर बजाउन थालेपछि पुस्ताले जिविकोपार्जनका लागि प्रयोगमा ल्याएको दमाहा बाजा लोप हुने अबश्थामा प्गेको बताए । लामो समय देखि प्रयोगमा नआएको दमाहा बाजा अहिले चुनावी माहोल तात्तिँदै गएपछि उम्मेदवारहरूको स्वागतका लागि प्रयोग हुने गरेको नेपालीले बताए । गाउँमा उम्मेदवारहरू आउँदा उनिहरुलाई स्वागतका लागि दमाहा बाजा बजाउने गरे सँगै अहिले अधिकाशं गाउँ बस्ती दमाहा बाजाले गुञ्जयमान हुने गरेको उनले बताए ।

त्रिवेणी नगरपालिका वडा नम्बर–२ का अर्का स्थानीय हीरा नेपालीले गाउँमा उम्मेदवार आउँदा दमाहा बाजा बजाउँनका लागि पहिले नै खब खबर आउने गरेको बताए । उम्मेदवार आउँदा उनीहरूलाई स्वागतका लागि दमाहा बाजा बजाउने गरेको उनले सुनाए । बाजा बजाए बाफत उनीहरुले रुपैया दिने गरेको उनले बताए । दमाहा बनाएर घरमा त्यसै राख्ने गरेको अबश्थामा चुनावी सगर्मी बढसँगै दमाहा बाजाको प्रयोग बढेको उनले बताए ।

निर्वाचन नसकिउन्जेल सम्म दमाह बाजा प्रयोग हुने बताउदै नेपालीले अहिले सबै उम्मेदवारहरू गाउँमा आउँदा स्वागतका लागि बजाउने गरेको बाजा उम्मेदवारहरूको विजयी जुलुसमा पनि प्रयोग हुने बताए । त्रिवेणी नगरपालिका दलित नेटवर्कका अध्यक्ष वीरबहादुर विकले पहिले गाउँ बस्तीमा विवाह हुँदा जामा लगाएर बजाइने गरेको दमाहा बाजा अहिले गाउँमा उम्मेदवारहरू आउँदा बजाउने गरेको बताए ।

अहिले अधिकांश बाजा बजाउनेलाई केही रोजगारीको अवसर समेत मिलेको बताउदै उनले उनीहरु थोरै दिन भए पनि बाजा बजाउने असर पाउँदा निकै खुसी भएको बताए । आफ्नो सीपलाई प्रयोगमा ल्याउन पाउँदा उनीहरू खुसी भएको बताउदै उनले दमाहा बाजा प्राय नेपाली दमाई दास नगार्जीले बजाउने विवाह दशैँ पाटी पौवामा बजाउने गरेको जानकारी गराए । उनीहरूका लागि दमाहा बाजा कमाइ खाने माध्याम भएको बताउदै उनले यो बाजा लोप हुँदै जाने अवस्थामा पुगेको बताए । गत वर्ष उनिहरुले यो बाजालाई संरक्षण हुने गरी केही पालिका देखि रकम माग गरेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान