"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरामा भोट भाषामा पढाइ सुरु

No data was found

Khabar Raftar

फागुन ०१ बाजुरा । बाजुरामा भोट भाषामा पढाइ सुरु गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर–९,डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा दलित जनजाति आवासीय विद्यालयमा भोट भाषामा पढाइ सुरु गरिएको हो । सिद्धेश्वरीमा प्राय भोटे समुदायका बालबालिकाहरू पठन पाठन गर्ने गरेकाले विद्यालयले उनीहरूलाई त्यही आवासमा राखेर भोट भाषामा पढाइ सुरु गरेको हो । पछिल्लो समय भोटभाषा लोप हुँदै गएको भन्दै विद्यालयले त्यसलाई जगेर्ना गर्ने गरी भोटभाषामा पढाइ सुरु गरेको विद्यालयले जनाएको छ ।

सरकारी काम काजमा प्राय राष्ट्रिय भाषा बोल्ने गरेको भए पनि अघिपछि उनीहरूले भोटभाषामा नै बोलचाल गर्ने गरेका छन । भोटभाषा पढाउनका लागि विद्यालयले एक जना भोटभाषा अध्यन गरेको शिक्षक राखेर भोटभाषाको पढाइ गर्ने गरेको हो । २०७९ साल देखि यो विद्यालयले भोटभाषाको पढाइ सुरु गरेको हो । अहिले विद्यालयले कक्षा दुईसम्म भोट भाषाको किताब ल्याएर पढाइ गर्दै आएको छ ।

विद्यालयले यो भाषालाई अतिरिक्त क्रियाकपालपको रूपमा पढाउने गरेको छ । बिहान दस देखि चार बजे सम्म विद्यालयमा अरु अंग्रेजी र नेपाली भाषामा पढाइ हुन्छ भने बेलुकी पाँच बजे देखि छ बजेसम्म भोटभाषाको किताब पढाइ हुने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा ललित जनजाति आवासीय विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताए । विद्यालय बाजुराको एक मात्र जनजातिको विद्यालय भएको बताउदै उनले यसमा प्राय जनजातिका बालबालिकाहरू पढ्ने गरेका छन् ।

प्राधानाध्यापक रावतले पुराना पुस्ताले बोल्दै आएको भोटभाषा अहिलेको नयाँ पुस्ताले बोल्न छोड्दै गएको बताउदै विस्तारै भोटभाषा लोप हँदै गएकोले यसको जगर्नेनाका लागि विद्यलयले भोटभाषामा पढाइ सुरु गरेको बताए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिह गुरुङलेबाबु बाजेले प्राय भोट भाषा बोल्ने र पढ्ने गरेको बताउदै उनले अहिलेको पुस्ताले प्राय भाषा बोल्नै छोडेकोले लोप हुने डरले विद्यालयमा भोटभाषामा पढाई सुरु गरेको बताए ।

भाषा लोप हुँदै गएकाले यसलाई बचाउनका लागि अहिलेको नयाँ पुस्तालाई भोट भाषा सिकाउन अनिवार्य भएको बताउदै उनले भोटभाषा लोप नहुने गरी विद्यालयमा भोटभाषाको पढाइ सुरु गरेको बताए । अहिले कक्षा दुइ सम्मको पढाइ भई रहेको बताउदै गुरुङले विस्तारै कक्षा दुइ देखि कक्षा पाँच सम्मको किताब ल्याएर पनि पढाउने तयारी रहेको बताए । विद्यालयमा अहिले झण्डै एक सय बीस जना बालबालिकाहरू पढ्ने गरेको बताउदै उनले ती मध्ये ६३ जना विद्यालयमा बसेर पढ्ने गरेको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान