"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराका भेडापालक किसानलाई मतदान गर्न समस्या

No data was found

Khabar Raftar

माघ १८ बाजुरा । बाजुराका भेडाबाख्रा पालक किसानलाई मतदान गर्न समस्या हुने भएको छ । बाजुराका हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दा नगरपालिकाका अधिकांश भेडाबाख्रा पालक किसानलाई मतदान गर्न समस्या हुने भएको हो ।

गत कात्तिकको पहिलो साता देखि भेडीगोठ लिएर बेँसी झरेका उनीहरू वैशाखको पहिलो सातादेखि मात्र गाउँ फर्किने गरेकाले मतदान गर्न समस्या हुने भएको हो । प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचनमा उनीहरू भेडासँगै औलमा रहने भएकाले उनीहरूलाई चुनावको बेला गाउँमा फर्किएर मतदान गर्न समस्या भएको हो ।

उनीहरूको समस्या समाधान गर्न अहिले कुनै पनि राजनीतिक दलहरूले केही पहल चालेको देखिएको छैन । प्रायः मतदाताहरू अहिले भेडाबाख्रा चरिचरनको सिलसिलामा अछाम बाजुराको तल्लो क्षेत्रका विभिन्न स्थानमा रहेका छन् । कात्तिक देखि हिमाली भेगमा निकै चिसो हुने भएकाले चिसो छल्न र भेडाबाख्रालाई चरिचरन गर्नका लागि अछामका विभिन्न ठाउँमा आएको बुढीनन्दा नगरपालिका स्थानीय प्रेमसिंह गुरुङले बताए ।

वैशाखमा मात्र गाउँ फर्किने बताउदै उनले अहिले भेडाबाख्रा लिएर गाउँमा जाने सम्भावना नभएको बताए । गाउँमा उम्मेदवार गएको बताउदै उनले मतदाता भेडाबाख्रासँगै बेसीतीर भए पनि उनीहरूले समस्या नबुझेको बताए ।

कसैले समस्या बुझिदिने हो भने सहज हुने बताउदै उनले असोजमा निर्वाचन भए राम्रो हुने बताए । कि वैशाख,जेठमा निर्वाचन भए राम्रो हुने बताउदै उनले अहिले निर्वाचन फागुनमा भएकाले निर्वाचनमा गाउँमा गएर मतदान गर्न निकै समस्या भएको बताए ।

बाजुराको पूर्वीउत्तर क्षेत्रका स्थानीयको भेडापालन पेशालाई पुर्खौली पेशाको रूपमा लिन सकिने बताउदै उनले पहिले गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले भेडाबाख्राको भरमा गाउँ बस्तीमा नुन, तेल चामल ढुवानी गर्ने गरेको बताए । भेडामा दैनिक उपभोग्य सामग्री ढुवानी गरी अधिकांश गाउँबस्तीमा बिक्री गर्ने गरेको उनले सुनाए ।

अहिले सबै गाउँ बस्ती सडक सञ्जालको पहुँचमा भएपछि त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको उनले बताए । त्यति मात्र नभई अहिले भेडापालक किसानलाई भेडापालन गर्नसमेत निकै समस्या हुन थालेको उनले बताए ।

गाउँ बस्तीमा रहेका वन, जङ्गल सबै अहिले सामुदायिक भएपछि भेडाबाख्रा पालनमा सङ्कट आएको उनले बताए । भेडाबाख्रा चरिचरन गर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिने बतााउदै उनले सबै वन सामुदायिक भएकाले अहिले े बिस्तारै भेडापालन छोड्नुपर्ने अवस्था आएको बताए ।

हिमाली गाउँपालिकामा १ सय ३८ भेडीगोठमा छ हजार, स्वामीकार्तिकमा १ सय १५ परिवारको भेडीगोठमा आठ हजार, जगन्नाथमा गाउँपालिकाको १ सय २० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजार भन्दा बढी भेडाबाख्रा रहेको उनले जानकारी गराए ।

हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बाजुरामा ६ सय ७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेको बताए । यस भन्दा पहिला भेडापालन गर्नेको सङ्ख्या बढी भएको बताउदै उनले यतिबेला कमी आएको   बताए ।

अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँको अभाव भएका कारण पछिल्लो समयमा भेडाबाख्रा पाल्नेको सङ्ख्यामा पनि कमी आएको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान