माघ ०३ धनगढी । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस ऐश्वर्य बहुमुखी क्याम्पसमा विज्ञान, प्रविधि तथा व्यवस्थापन अभ्यासका क्षेत्रमा देखिएका नयाँ प्रवृत्तिहरूलाई केन्द्रमा राखेर ‘उदीयमान विज्ञान, प्रविधि र व्यवस्थापन अभ्यास’ (ETSTMPs–२०२६) विषयक पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा माघ ६ र ७ गते धनगढीमा ‘उदीयमान विज्ञान, प्रविधि र व्यवस्थापन अभ्यास’ (ETSTMPs–२०२६) विषयक पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको हो ।
विश्वविद्यालय अनुदान आयोग (युजीसी) नेपालको सम्मेलनलाइ सहयोग हुने क्याम्पस प्रमुख नरेश राज पन्तले जानकारी गराए ।
सम्मेलनमा विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा देखिएका नवीन अनुसन्धान, प्रविधिगत विकास, व्यवस्थापनका उदीयमान अभ्यास, अनुसन्धान संस्कृति प्रवद्र्धन तथा शैक्षिक–औद्योगिक सहकार्यका विषयमा गहन छलफल हुने उनले जानकारी गराए ।
देशभरका अनुसन्धानकर्ता, प्राध्यापक, शिक्षाविद्, विद्यार्थी तथा नीति निर्माणसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने क्याम्पस प्रमुख पन्तले जानकारी गराए ।
ऐश्वर्य कहुमुखि क्याम्पस, धनगढीमा आयोजना हुने सम्मेलनले सुदूरपश्चिम प्रदेमा अनुसन्धान र नवप्रवर्तनको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको निवर्तमान क्याम्पस प्रमुख धर्मदेव भट्टले बताए ।
सम्मेलनले आगामी दिनमा शैक्षिक अनुसन्धान, प्रविधि विकास र व्यवस्थापन अभ्यासमा नयाँ दिशा दिने अपेक्षा गरिएको उनले बताए ।


