"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरा अस्पतालमै सम्भव बन्दै जटिल हाडजोर्नी शल्यक्रिया

No data was found

Khabar Raftar

पौष २७ डडेल्धुरा । संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले स्थानीय नागरिकलाई लक्षित गरी जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको छ । अस्पतालले जटिल हाडजोर्नी शल्यक्रिया सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको हो ।

अस्पतालमा जटिल हाडजोनी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् । जसले गर्दा बाहिरका ठूला सहरमा उपचारका लागि जाँदा बिरामी र परिवारले व्यहोर्नुपर्ने झन्झट र ठूलो खर्च पनि जोगिने भएको छ । अमरगढी नगरपालिका पवडा नम्बर–७ का ६५ वर्षीय पुरुषको तिघ्रा फेर्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

त्यसैगरी, अमरगढी नगरपालिका वडा नम्बर–१० का ७० वर्षीय पुरुषमा देखिएको घुँडाको हड्डी भाँचिएको समस्याको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गरिएको छ । डडेल्धुरा बाहिरका बिरामीले समेत अस्पतालबाट सेवा लिन थालेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर–३ की ६५ वर्षीया महिलाको घुँडासहित टिबिया र फिबुला हड्डी भाँचिएको जटिल अवस्थाको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । त्यसैगरी दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–६ की २७ वर्षीया महिलाको पनि शल्यक्रिया गरिएको छ ।

अस्पतालका अनुसार पुस महिनाका २५ दिनमा जटिल प्रकृतिका ४० वटा शल्यक्रिया सम्पन्न भइसकेका छन् । तीमध्ये केही शल्यक्रिया सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गरिएको दाबी अस्पतालले गरेको छ ।

डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि बिरामीले उपचारका लागि अन्यन्त्र धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ । डडेल्धुरा अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै गुणस्तरीय उपचारलाई निरन्तरता दिने तयारी गरेको जानकारी गराएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान