"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आयातमा गिरावट आउ“दा त्रिनगर भन्सारको राजस्व संकलनमा कमी

No data was found

Khabar Raftar

ष २५ धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका मध्येको एक त्रिनगर भन्सारको राजस्व संकलनमा कमी आएको छ । आयातमा गरिवट आउँदा गत वर्षको तुलनामा त्रिनगर भन्सारको राजस्व संकलनमा कमी आएको हो । विलासिताका सामान तथा उपभोग्य वस्तु आयातमा गिरावट आएकाले भन्सारको राजस्व संकलन प्रभावित भएको देखिएको छ । भन्सार अधिकृत प्रकाश तिमिल्सिनाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्मको तथ्याङ्क तुलना गर्दा भन्सार राजस्व ५.१४ प्रतिशतले खुम्चिएको जानकारी गराए ।

गत आर्थिक वर्षको साउन देखि मंसिर सम्म प्रमुख २० वस्तुहरूबाट २ अर्ब ६० करोड ४३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी गराए । चालु आर्थिक वर्षको सोही अवधिमा यो रकम घटेर २ अर्ब ४७ करोड ४ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । कैलाली भन्सार कार्यालयको राजस्वको मेरुदण्ड अझै पनि पेट्रोलियम पदार्थ देखिएको उनले बताए । अन्य वस्तुको आयात कम भए पनि डिजेल र पेट्रोलको आयातम बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा डिजेल आयात ३.४१ प्रतिशतले बढेर १ अर्ब १५ करोड ६ लाख रुपैयाँ बराबरको राजस्व योगदान गरेको छ । त्यस्तै, पेट्रोलको आयातबाट ७२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २ प्रतिशतले बढी हो । समग्र व्यापारमा मन्दी देखिए पनि इन्धनको खपत नघट्नुले यातायात क्षेत्र चलायमान नै रहेको संकेत गरेको भन्सार अधिकृत तिमिल्सिनाले बताए ।

खाना पकाउने एलपी ग्याँसको राजस्वमा भने करिब ४ प्रतिशतको सामान्य गिरावट देखिएको उनले बताए । भन्सार नाकाबाट तयारी प्याकेटका खानेकुराको आयातमा गिरावट आएको छ । विगतमा भारतीय बजारबाट ठुलो मात्रामा भित्रिने दालमोठ, भुजिया, चमेना र पापड जस्ता वस्तुहरूको आयात चालु आर्थिक वर्षमा घटेको छ । दालमोठ र भुजियाबाट गत वर्ष साउन देखि मंसिर सम्म १५ करोड ८ लाख राजस्व सङ्कलन भएकोमा यस वर्ष उक्त अवधिमा जम्मा ४ करोड ९१ लाख रुपैयाँमात्र सङ्कलन भएको छ ।

यो भनेको ६७.४४ प्रतिशतको गिरावट हो । भारतीय पापडको आयात घटेको छ । गत वर्ष समीक्षा अवधिमा २ करोड ८८ लाख राजस्व भारतीय पापड आयातबाट भएको थियो । यस वर्ष सोही अवधिमा ९०.६४ प्रतिशतले राजस्व घटेर २६ लाख रुपैयाँमा खुम्चिएको छ । त्यसैगरी तयारी सुपको आयातमा पनि ६२.७२ प्रतिशतको गिरावट आएको छ । सडक निर्माणमा प्रयोग हुने बिटुमिन (अलकत्रा) को आयात भने १०७.९६ प्रतिशतले बढेको छ ।

गत वर्ष बिटुमिन आयातबाट २ करोड २९ लाख रुपैयाँ राजस्व उठेकोमा यस वर्ष ४ करोड ७६ लाख राजस्व सङ्कलन भएको    छ । त्यसैगरी निजी घर वा भवन निर्माणमा प्रयोग हुने फिनिसिङ सेरामिक्स (टायल) र ग्रेनाइटको आयातमा भने भारी मन्दी छाएको छ । सेरामिक्सको राजस्व ६०.६९ प्रतिशत र ग्रेनाइटको राजस्व ३९.१४ प्रतिशतले घट्नुले घरजग्गा कारोबार र निजी आवास निर्माणमा मन्दी देखिएको हो ।

उद्योगतर्फ कागज तथा पेपरबोर्डको आयातमा १६७.२३ प्रतिशतको उछाल आएको छ । यसले प्याकेजिङ तथा मुद्रण उद्योगमा केही गतिविधि बढेको देखाउँछ । त्यसैगरी पशुपन्छीको दानाका लागि प्रयोग हुने भटमासको पिनाको आयात २३.८६ प्रतिशतले घट्नु र बस–ट्रकका टायरको आयात ९ प्रतिशतले घट्नुले कृषि तथा यातायात क्षेत्रमा केही शिथिलता रहेको देखाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान