"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

No data was found

Khabar Raftar

पौष २५ दार्चुला । दार्चुलामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दा समेत सम्पन्न नहुँदा भवन निर्माणमा ढिलाई भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवनको २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग २६ करोड ४८ लाख २७ हजार लागतमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीले अस्पताल भवनको तेस्रो तला ढलानको काम भइरहेको बताए ।’काम निरन्तर भइरहे जस्तो देखिए पनि उल्लेख्य भौतिक प्रगति नदेखिएको उनले बताए । गत वर्ष २०८२ मङ्सिर मसान्त सम्म म्याद थप गरिएको भए पनि उक्त म्याद समेत सकिएको उनले बताए । भवन निर्माणका लागि म्याद थपको प्रक्रिया चलिरहेको निर्माण कम्पनीले जनाएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठले भवन निर्माणको लागि दोस्रोपटक म्याद थपका लागि प्रक्रिया अघि बढेको बताए । निर्माण कम्पनीबाट विभागमा म्याद थपका लागि फाइल गएको बताउदै उनले म्याद थप गरिएको पत्र भने अहिले सम्म नआएको बताए । अस्पताल भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समेत समस्या देखिएको अस्पताल प्रशासने जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका डाः रवीन्द्र भट्टराईले भवन नहुँदा सेवा अझै व्यवस्थित रूपमा सञ्चालन गर्न कठिन भइरहेको बताए ।

’भवन समयमै निर्माण भएको भए सेवा सञ्चालन धेरै सहज हुने बताउदै उनले अहिले अस्थायी संरचनामै बिरामीको उपचार गर्नुपरेको बताए । डा. भट्टराईले एकै ठाउँमा व्यवस्थित भवन नहुँदा रेखदेख गर्नसमेत समस्या भइरहेको बताए । चिसो मौसममा पक्की भवन नहुँदा बिरामीको उपचार प्रभावित भइरहेको बताउदै उनले जटिल अप्रेसन तथा आवश्यक जाँचमा समेत कठिनाइ हुने गरेको बताए ।

दैनिक दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जिल्ला अस्पतालमा भवन नहुँदा अन्तरङ्ग (इन्डोर) सेवा सञ्चालनमा समस्या भएको उनले बताए । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले भवन अभावका कारण प्रसूति सेवा, आइसियू, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड जस्ता सेवा सञ्चालनमा कठिनाइ भएको बताए । अहिलेकै अवस्थामा भवन निर्माण हुने हो भने अझै तीन वर्ष समय लाग्ने देखिएको उनले बताए ।

अहिलेको अस्पताल कामचलाउ भवनमा सञ्चालन भइरहेको बताउदै उनले चाँडै भवन निर्माण सकिएको भए जिल्ला अस्पतालको सेवा अझै प्रभावकारी हुने बताए । साँघुरो कोठामा सञ्चालन भइरहेका अन्तरङ्ग सेवाका कारण बिरामीमा सङ्क्रमणजन्य रोग फैलिने जोखिम समेत बढेको उनले जानकारी गराए । सरोकारवालाहरूले निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् ।

अस्पताल भवन निर्माणमा भएको ढिलाइ प्रति नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । नागरिक समाजका संयोजक महेश भट्टले निर्माण व्यवसायी फिल्डमा नदेखिने र काम गरेको जस्तो मात्र देखाउने प्रवृत्ति हाबी भएको बताए । अस्पताल जस्तो संवदेनशील ठाउँमा निर्माण कम्पनीले समेत लाफरबाही गरेको प्रस्टै देखिएको उनले बताए ।

भवन जस्ताको त्यस्तै हुँदा जिल्लावासीले उपचारमा समस्या भोग्नुपरेको बताउदै उनले समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्न दबाब दिनुपर्ने अवस्था आइसकेको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निर्माण व्यवसायी र आयोजना कार्यालयले गम्भीर लाफरबाही गरेको उनले बताए । जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त रहेको छ ।

विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको छ । अस्पतालका निमित्त कार्यालय प्रमुख डा. भट्टराईले अस्पतालमा दरबन्दीको जनशक्ति अभाव अझै कायम रहेको बताए । बाइस वटा स्थायी दरबन्दी मध्ये हाल १३ जना मात्रै पदपूर्ति भएको उनले बताए । मेडिकल सुपरिटेन्डेन्ट देखि रेडियोग्राफर, एचए, कार्यालय सहयोगी सम्मका पद रिक्त रहेको उनले बताए ।

बिरामीको चापका कारण स्वीकृत १५ शय्याको जिल्ला अस्पताललाई हाल ३५ शय्यामा सञ्चालन गर्नुपरेको उनले बताए । भवन नहुँदा पनि जेनतेन काम चलाउ व्यवस्थापन गरिएको बताउदै उनले अहिले अस्पताल छात्रवृत्ति, करार, प्रदेश करार तथा विभिन्न संस्थाको सहयोगमा सञ्चालन भइरहेको बताए ।

हाल अस्पतालमा ९५ जना कार्यरत भएको बताउदै उनले अहिलेको अवस्थामा हेर्दा एक जना डाक्टरले औसतमा २ सय १५ जना बिरामी हेर्नु पर्ने बाध्यता रहेको उनले बताए । भारतसँग सीमा जोडिएको दार्चुलाको अस्पताल सुदृढीकरणका लागि सबै पक्षको सहयोग र समन्वय भयो भने अझै व्यवस्थित रुपमा सञ्चाल गर्न कुनै समस्या नहुने डा. भट्टराईले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान