"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कालोमोसो

No data was found

Khabar Raftar

पौष २३ डडेल्धुरा । नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई कालोमोसो दलेको छ । बुधबार भ्रष्टाचारको आरोप लगाउँदै संगठनका नेताहरुले अस्पतालका अध्यक्ष करुणाकर ओझालाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन ।

कम्युनिस्ट युवा संगठनका सुदूरपश्चिम प्रदेश सदस्य दिपक बहादुर ऐरले संगठनले अस्पताल सञ्चालनमा गम्भीर अनियमितता, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भएकाले कालोमोसो लगाएको बताएका हुन ।

कम्युनिस्ट युवा संगठनका डडेल्धुरा जिल्ला अध्यक्ष सहबीरद्धारा हस्ताक्षरित सार्वजनिक गरिएको विज्ञप्तिमा अध्यक्ष ओझाले स्वास्थ्य उपकरण खरिदमा कमिसनका लागि अनावश्यक उपकरण खरिद प्रक्रिया अघि बढाएको, योग्य जनशक्ति भर्ना नगरी आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्ति गरेको तथा अस्पताललाई मदिरा सेवन गर्ने स्थलजस्तो बनाएको आरोप लगाइएको छ ।

त्यसैगरी अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको, सार्वजनिक सुनुवाइ नगरेको, सेवा तथा निर्माण सम्बन्धी काममा आफ्ना आसेपासेलाई ठेक्का दिलाएको, गुणस्तर भन्दा कमिसनलाई प्राथमिकता दिँदै औषधि तथा उपकरण खरिद गरेको आरोप पनि संगठनले लगाएको छ ।

कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नभएपछि बाध्य भएर प्रतीकात्मक कारबाही स्वरूप कालोमोसो दलिएको जानकारी गराएको छ । संगठनले अस्पताललाई राजनीतिक र आर्थिक स्वार्थको केन्द्र नबनाउन चेतावनी दिँदै तत्काल अध्यक्ष ओझालाई पदबाट हटाउन माग गरेको छ । घटना पछि अस्पताल परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो । यस विषयमा अध्यक्ष करुणाकर ओझाको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान