पौष २३ बैतडी । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारती हाजिर भएका छन् । यसअघि निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयमा प्रतिनिधि सभा निर्वाचन नजिकीदै गर्दा भारर्ती कार्यालय प्रमुखको रुपमा हाजीर भएका हुन ।
यसअघि गेटा अस्पतालमा कार्यरत शाखा अधिकृत भारतीलाई यही पौष ६ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको थियो । भारतीलाई पालिकामा हाजिर नहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालयमा सरुवा गरेको हो ।
कार्यालय प्रमुख भारती मंगलबार कार्यालयमा हाजिर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी गराएका हुन । भारतीको एक कार्यक्रमकाबीच स्वागत समेत गरिएको उनले जानकारी गराए ।
आगामी निर्वाचनलाई जिल्लामा स्वच्छ, भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्ने उदेश्यले आफूले कार्य सम्पादन गर्ने निर्वाचन कार्यालयका प्रमुख भारतीले बताए । यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका भारतीले जिल्लामा काम गर्न सहज हुने अपेक्षा गरेकोे बताएका छन् ।


