"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जर्नी अफ होप फाउण्डेशनद्वारा १३ जना छात्र,छात्रालाई छात्रबृती सहयोग वितरण

No data was found

Khabar Raftar

सम्झना विष्ट, पौष २२ धनगढी । जर्नी अफ होप फाउण्डेशनले १३ जना छात्र,छात्रालाई छात्रबृती सहयोग वितरण गरेको छ । मंगलबार धनगढीमा कार्यक्रमको आयोजनागरी जर्नी अफ होप फाउण्डेशनले १३ जना छात्र,छात्रालाई छात्रबृती सहयोग वितरण गरेको हो ।

जर्नी अफ होप नेपाल यूएसएको सहकार्यमा, जर्नी अफ होप फाउण्डेशन आयोजक र दलित महिला संघ फेडोसह आयोजक रहेको छात्रवृत्ति सहयोग वितरण कार्यक्रममा कैलालीका ३ वटा सरकारी विद्यालयमा कक्षा आठ देखि कक्षा १२ सम्म अध्ययनरत १३ जना छात्र, छात्राहरुलाई छात्रबृती सहयोग वितरण गरिएको हो ।

विपन्न बालबालिकाको विकास र सशक्तिकरणका लागि शिक्षामा लगानी गरौ भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्म भई हाल अमेरिकामा बसोबास गर्दै आएका कृष्ण सोप र उनकी धर्मपत्नी ललीता सोपले आफ्नो ब्याक्तिगत लगानीमा अक्षय कोष स्थापना गरी जर्नी अफ होप फाउण्डेशन स्थापना गरी छात्रबृती सहयोग वितरण गरिएको हो ।

धनगढी उपमहानगरपालीका वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यामीक विद्यालयमा कक्षा ९ मा अध्ययनरत राधा चौधरी, सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत एन्जिलिना सुनार, कक्षा ९ मा अध्यनरत दिपेश सि.केलाई जनही ६ हजार, सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत मोनिका बि.कलाई ९ हजार, सोही विद्यालयमा बक्षा ११ मा अध्ययानरत पुष्पा बोहरालाई ९ हजार छात्रबृती सहयोग वितरण गरिएको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामीक विद्यालयमा कक्षा ९मा अध्ययनरत निरुता महरलाई ६ हजार, सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत खुशी नेपालीलाई ६ हजार, सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत सम्झना सोवलाई ६ हजार छात्रबृती सहयोग वितरण गरिएको छ । त्यसैगरी कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गा लक्षमी माध्यामीक विद्यालयमा कक्षा ११ मा अध्ययनरत प्रियन्सु लुहार, कक्षा ११ मा अध्ययनरत रविना ताम्राकार,कक्षा ११ मा अध्ययनरत हिमाल बहादुर कामी, कक्षा ११ मा अध्ययनरत यशोदा रानालाई जनही ९ हजारका दरले छात्रबृती सहयोग वितरण गरिएको हो ।

त्यसैगरी दुर्गा लक्षमी माध्यामीक विद्यालयमा कक्षा ९ मा अध्ययनरत दुर्गा कोलीलाई ६ हजार छात्रबृती सहयोग वितरण गरिएको हो । छात्रबृती सहयोग वितरण कार्यक्रमकी सभापती तथा प्रगतीशिल लोकतान्त्रीक पार्टीकी केन्द्रिय अध्यक्ष परिषद अध्यक्ष तथा दलित महिला संघ फेडोकी संस्थापक तथा जर्नी अफ होप फाउण्डेशनकी अध्यक्ष दुर्गा सोबले गरिव विपन्न बर्ग समुदायका बालबालीकाको अध्ययनमा सहज होस भन्ने उदेश्यले फाउनडेसनले काम गरीरहेको बताईन । उनले आफुले लगाउने एकजोर कपडा कम गरेर भए पनि गरिव तथा विपन्न समुदायका बालबालीको क्षिक्षा आर्जनमा सहयोग गर्ने बताईन ।

फाउन्डेसनको उदेश्य बारे जानकारी गराउदै उनले आर्थिक रुपमा विपन्न, पढ्न चाहने, जेहेन्दार विद्यार्थीहरुलाई स्थानीय तह र विद्यालयको सिफारिस संगै आफैले बुझेर छात्रबृती आवश्यक भएका कक्षा आड देखि १२ सम्म अध्ययनरत विद्याथीहरुलाई सहयोग गरिएकोर निरन्तर गर्दै जाने जानकारी गराईन । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा फाउन्डेसनका संस्थापक कृष्ण सोवले शिक्षा जीवनका लागी महत्वपूर्ण विषय भएको बताउदै आर्थिक अभावका कारण कसैले विद्यालय छाड्न नपरोस भनेर फाउन्डेसनको स्थापना गरेको बताए ।

उनले आफ्नोपालामा विद्यालय जान समेत सकस हुने गरेको बताउदै ५५ बर्ष अगाडी आफुले एसएलसी पास गरेर काठमाण्डौ पढ्न जाँदा ६ दिनको पैदल यात्रा गरेर धनगढी पुगेको बताए । त्यसपछि भारतका लखनउ हुँदै काठमाण्डौ पुगेर पढेको सुनाए । आर्थिक अभावका कारण थुप्रै बालबालीकाहरुले पढाई छाड्नु परेको बताउदै उनले कसैले विद्यालय छाड्न नपरोस भन्ने उदेश्यले जर्नी अफ होप फाउण्डेशनको स्थापना गरिएको बताए ।

कार्यक्रमकी विशिष्ट अतिीथी धनगढी उपमहानगरपालीकाकी उप प्रमुख कन्दकला रानाले मान्छेका आवश्यकताहरु कहिल्यै पूरा नहुने बताउदै प्रयास जारी राख्नु पर्ने बताईन । उनले जर्नी अफ होप फाउण्डेशनले गरेको महान कार्यमा नगरपालीकाको साथ रहने बताउदै १९ वटै वडामा सहयोगका कार्यक्रमहरु गर्ने गरिएको र गर्दै जाने बताईन ।

कार्यक्रममा सहभागी विद्याथीहरुले डाक्टर, पाईलट, नर्स, ऐरहोस्टेज बन्ने ईच्छा भएको बताएका थिए भने उनीहरुको सपना पूरा गर्ने कार्यमा जर्नी अफ होप फाउण्डेशनको साथ र सहयोग रहने फाउन्डेसनका संस्थापक सोबले बताएका थिए । त्यसैगरी विद्यालय ब्याबश्थापन समितिका अध्यक्ष तथा शिक्षक र वडा अध्यक्षहरुले फाउन्डेसनको असल कार्यमा साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरेका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान