"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जोगबुढा अस्पतालको स्तरोन्नति गर्न सम्झौता

No data was found

Khabar Raftar

पौष २२ डडेल्धुरा । डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकामा रहेको जोगबुढा अस्पतालको स्तरउन्नती गर्न सम्झौता गरिएको छ । ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न सम्झौता गरिएको हो । अस्पतालको स्तरोन्नति र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र परशुराम नगरपालिकाबिच औपचारिक सम्झौता ग रिएको हो ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए बमोजिम जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न द्विपक्षीय सम्झौता गरिएको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रदेश सचिव हेमराज रेग्मी र परशुराम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीको समेत उपस्थिति रहेको थियो । सम्झौता भएपछि साविकको जोगबुढा अस्पतालको सम्पूर्ण चल–अचल सम्पत्ति, जग्गा, भवन, स्वास्थ्य औजार, उपकरण तथा विद्युतीय प्रणालीहरू नगरपालिकाले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । अस्पतालको नाम सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जोगबुढा प्रादेशिक अस्पताल, परशुराम, डडेल्धुरा’ रहने छ ।

अस्पतालमा जनशक्ति व्यवस्थापनका सन्दर्भमा प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार स्वीकृत संगठन संरचना बमोजिम हुनेछ भने हाल कार्यरत स्थायी कर्मचारीहरूको पदपूर्ति प्रदेश लोकसेवा आयोग मार्फत नहुञ्जेल सम्म अस्पतालले आवश्यकताका आधारमा करार सेवामा निरन्तरता दिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारबाट पूर्ण रूपमा बजेट व्यवस्थापन नभए सम्म अस्पतालको नियमित प्रशासनिक खर्च हाललाई अस्पताल व्यवस्थापन समितिकै स्रोतबाट व्यहोरिने सम्झौतामा उल्लेख गरिएको छ । संघीय सरकारको मन्त्रिपरिषद्ले २०८२ वैशाख ३१ गते अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति सहित प्रदेश सरकार मातहत हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिसकेको   थियो । सोही निर्णय र प्रदेश सरकारको १४६ जना कर्मचारीको दरबन्दी तेरिज स्वीकृत भएपश्चात यो सम्झौता कार्यान्वयनमा आएको हो ।

अस्पतालको सञ्चालन तथा रेखदेखका लागि सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेश बमोजिम नयाँ व्यवस्थापन समिति गठन गरिने छ । अस्पताल स्तरोन्नति पछि डडेल्धुराको भित्रीमधेस क्षेत्रका नागरिकले आफ्नै ठाउँमा विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान