"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृषी ज्ञान केन्द्र बाजुराद्वारा स्याउ बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन

No data was found

Khabar Raftar

पौष १७ बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय स्याउ सुन्ताल र ओखर खेती गर्दै आएका किसानका लगी ज्ञान केन्द्रले बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको हो । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले किसानलाई फलफुल खेती उत्पादन तथा वृद्धिविकासमा सहज हुने गरी कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका हुन ।

किसानले लगाएको स्याउ, सुन्तला र ओखरमा लाग्ने रोग हट्ने र उत्पादन पनि राम्रो हुने गरेकोले किसानका लागि सहज हुने गरी बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको उनले बताए । बुढीनन्दा गनरपालिका वडा नम्बर–९ का स्थानीय स्याउ किसान मानबहादुर रावतले किसानले लगाउँदै गरेको स्याउ एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने समस्याको समाधान हुने गरी कृषि ज्ञान केन्द्र बाजुराले कार्यक्रम सञ्चालन गरेको बताए ।

‘बगैँचा सुदृढीकरण तथा व्यवस्थापनका लागि आवश्यक चाहिने बोर्डपेस्टर, सिकेचर र भ¥याङ लगायतका सबै सामग्री सहित कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको उनले जानकारी गराए । फलफुल खेती काँटछाँट तथा रोगलाई कसरी नियन्तरण गर्ने जस्ता कुराको जानकारीका लागि समेत एक महिना सम्म तालिम दिने गरेपछि फलफुल खेती गर्न निकै सहज हुने भएको रावतले बताए । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका ९ वटै स्थानीय तहमा रहेका स्याउ, सुन्तला र ओखर उत्पादन गर्दै आएका किसानलाई काँटछाँट र पेष्ट लगाउने तरिकाका बारेमा एक महिने तालिम सञ्चालन गरेको उनले बताए ।

स्याउ किसानलाई बगैँचा सुदृढीकरण तथा व्यवस्थापन गर्ने कुनै अनुभव नहुँदा यो भन्दा पहिले उनीहरुले लगाउँदै आएका स्याउ, सुन्तला र ओखर कहिले फल्ने कहिले नफल्ने र कम फल्ने र विरुवा सुक्ने रोग लाग्ने गरेको उनले बताए । ज्ञान केन्द्र बाजुराले किसानहरुको यो समस्या समाधान गर्ने गरी कार्यक्रम सञ्चालन गरेको उनले बताए । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले किसानले लगाउँदै आएका स्याउ सुन्तला र ओखरमा रोग नलाग्ने प्रत्येक वर्षमा फल्ने आशा गरिएको बताए ।

हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा बडीमालिका, गौमुल बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका किसानले पछिल्लो समय स्याउ सुन्तला र ओखर खेती गर्दै आएको उनले बताए । अभियानले स्थानीय स्याउ तथा सुन्तला खेती गरिरहेका कृषकहरुलाई फलफूल उत्पादनमा सहज हुने उनले बताए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेको बताउदै उनले अहिले स्याउका बोटमा पात झरेर उजाड बनेका बेला यो कार्यक्रम सञ्चालन गर्दा राम्रो हुने बताए । सामान्यतया स्याउ बगैँचा व्यवस्थापन पुस र माघको महिना गरिने बताउदै उनले बाजुरामा चार सय दश हेक्टर जमिनमा स्याउ खेती गरिने भए पनि दुइ सय हेक्टर जमिनमा मात्र स्याउ फल्ने गरेको बताए ।

यसमा १६ सय मेट्रिकटन उत्पादन हुने गरेको उनले बताए । त्यसैगरी १७० हेक्टर जमिनमा सुन्तला खेती गरिन बताउदै उनले एक सय दश हेक्टर जमिनमा फल्ने गरेको र ७ सय ७५ मेट्रिकटन उत्पादन हुने गरेको बताए । त्यसैगरी ३ सय ३० हेक्टर जमिनमा ओखर खेती गरिने भए पनि २७ हेक्टरमा मात्र फल्ने बताउदै उनले ७० मेट्रिकटन ओखर उपादन हुने गरेको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान