"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दशरथचन्द माध्यामीक विद्यालयमा पूर्व विद्यार्थीको पहलमा अक्षयकोष स्थापना

No data was found

Khabar Raftar

पौष १६ बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–५ सुन्दरखालीमा रहेको दशरथचन्द माध्यमिक विद्यालयमा सामूहिक अक्षयकोष स्थापना गरिएको छ । विद्यालयबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको सक्रियतामा उक्त अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले २०६७ सालको ब्याचका पूर्व विद्यार्थीहरूको पहलमा एक लाख बीस हजार एक सय पाँच रुपैयाँ बराबरको सामूहिक अक्षयकोष खडा गरिएको जानकारी गराए । यस अभियानमा सत्र जना पूर्व विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उनले जानकारी गराए ।

दशरथचन्द माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती चन्दको अगुवाइमा गठन भएको पूर्व विद्यार्थी समाजको सक्रियतामा अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । पूर्व विद्यार्थीहरूले उक्त कोषलाई हरेक वर्ष थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

स्थापना गरिएको सामूहिक अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरीब, दलित तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइने प्रधानाध्यापक चन्दले बताए । यसले आर्थिक अवस्थाका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास ग रिएको उनले बताए ।

मंगलबार सम्पन्न विद्यालयको उनान्सत्तरीऔं वार्षिकोत्सवको अवसरमा उक्त सामूहिक अक्षयकोषका बारेमा विद्यालय परिवार र अभिभावकहरूलाई औपचारिक रूपमा जानकारी गराइएको हो । वार्षिकोत्सवकै अवसरमा दशरथचन्द नगरपालिका वडा नम्बर–६ सनकट्टे घर भएका पूर्व विद्यार्थी दीपक नाथले कक्षा पाँचसम्म अध्ययन गर्ने विपन्न विद्यार्थीहरूलाई विद्यालय पोशाक अन्तर्गत स्वीटर वितरण गरेका छन् ।

सहयोगले विपन्न बालबालिकाहरूलाई प्रत्यक्ष राहत पुगेको विद्यालयले जनाएको छ । पूर्व विद्यार्थी नाथले यसअघि पनि समय–समयमा विद्यालयलाई सहयोग गर्दै आएको र त्यसले विद्यार्थीहरूको पठन पाठनमा सहजता आएको प्रधानाध्यापक चन्दले बताए । सामूहिक अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने पूर्व विद्यार्थीहरूमा विपिन रावल रहेका छन् । जसले सत्ताइस हजार चार सय अस्सी रुपैयाँ सहयोग गरेका छन् ।

गिरीश चन्दले दश हजार रुपैयाँ, योगेन्द्र साउँदले दश हजार दस रुपैयाँ, जगदीश चन्दले आठ हजार रुपैयाँ, रोहित ताम्राकारले आठ हजार रुपैयाँ र सिर्जना बमले पनि आठ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी हरिश चन्दले सात हजार पाँच सय रुपैयाँ, केशव रावलले पाँच हजार पाँच सय पचपन्न रुपैयाँ, पंकज भट्टले पाँच हजार पाँच सय पचपन्न रुपैयाँ, आकाश रावलले पाँच हजार रुपैयाँ, अशोक भट्टले पाँच हजार रुपैयाँ र प्रेमराज भट्टले पाँच हजार पाँच रुपैयाँ सहयोग गरेका छन् ।

अक्षयकोषमा ज्योति बोहराले तीन हजार रुपैयाँ, प्रकाश नाथले तीन हजार रुपैयाँ, सुदीप चन्दले तीन हजार रुपैयाँ, राजेन्द्र चन्दले तीन हजार रुपैयाँ तथा प्रकाश चन्द ठकुरीले तीन हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान