"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारको राजस्व संकलन निराशाजनक

No data was found

Khabar Raftar

पौष १४ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको राजस्व संकलन र बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनाको मसान्त सम्म सवारी साधन करतर्फ अघिल्लो वर्षको तुलनामा करिब १४ लाख ८० हजार रुपैयाँ बढी राजस्व संकलन गरिएको भए पनि समग्र कर संकलन र बजेट खर्चको अवस्था निराशाजनक देखिएको हो ।

आइतबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न प्रदेश सरकारको वार्षिक कार्यक्रम कार्यप्रगति, समस्या र चुनौती सम्बन्धी समिक्षा कार्यक्रममा आर्थिक मामिला मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मंसिर सम्म सवारी साधन करतर्फ २६ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भने २५ करोड ९७ लाख ०९ हजार रुपैयाँ संकलन भएको थियो । घरजग्गा रजिष्ट्रेशन दस्तुरमा उल्लेखनीय गिरावट आएको देखिएको छ । गत वर्ष मंसिर सम्म १५ करोड १७ लाख ७० हजार रुपैयाँ संकलन भएको यस शीर्षकमा चालु वर्षको सोही अवधिमा ८ करोड २० लाख ०७ हजार रुपैयाँ मात्र संकलन भएको छ ।

त्यसैगरी मनोरञ्जन कर, विज्ञापन कर तथा प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतार–चढाव देखिएको छ । अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने आम्दानी बढ्दै ४ करोड १२ लाख ५१ हजारबाट ८ करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ । दण्ड, जरिवाना तथा जफत शीर्षकमा पनि राजस्व वृद्धि भएको देखिए पनि अन्य राजस्व अघिल्लो वर्षको तुलनामा घटेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि १ अर्ब ६० करोड ७ लाख १५ हजार रुपैयाँ र २०८२÷८३ का लागि १ अर्ब ६५ करोड रुपैयाँ कुल राजस्व लक्ष्य निर्धारण गरेको छ । तर मंसिर सम्मको प्राप्ति प्रतिशत अघिल्लो वर्ष ३०.३४ प्रतिशत रहेकोमा चालु वर्ष २७.४२ प्रतिशतमा सीमित भएको छ ।

तथ्यांक अनुसार २०८१÷८२ को मंसिर सम्म ४८ करोड ७६ लाख २३ हजार रुपैयाँ संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४५ करोड २४ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको छ । बजेट खर्चतर्फ पनि प्रगति कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा मंसिर सम्म जम्मा ८.४४ प्रतिशत मात्र खर्च भएको छ ।

चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बजेट मध्ये १६.५१ प्रतिशत खर्च हुँदा पुँजीगत तर्फ १९ अर्ब ८३ करोड ५ लाख ६ हजार रुपैयाँ मध्ये २.८९ प्रतिशत मात्र खर्च भएको छ । मन्त्रालयगत रूपमा भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल बजेट १५ अर्ब ३२ करोड १७ लाख ४१ हजार रुपैयाँ रहेकोमा ४.१४ प्रतिशत खर्च भएको छ । सामाजिक विकास मन्त्रालयको ७ अर्ब ५ करोड ५२ लाख ९७ हजार रुपैयाँ बजेट मध्ये १३.०६ प्रतिशत खर्च भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ३ अर्ब २७ करोड ८१ लाख ५३ हजार रुपैयाँ बजेट रहेकोमा ६.७६ प्रतिशत खर्च भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खर्च प्रतिशत ११.८१ रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुल खर्च १२.०८ प्रतिशत, आर्थिक मामिला मन्त्रालयको १८.९८ प्रतिशत र आन्तरिक मामिला तथा कानून मन्त्रालयको ४.०४ प्रतिशत रहेको छ ।

प्रदेश व्यवस्थापिकाको खर्च २७.८४ प्रतिशत तथा प्रदेश योजना आयोगको १८.९७ प्रतिशत पुगेको छ । स्थानीय तहतर्फ ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ बजेट मध्ये १७.०१ प्रतिशत खर्च भएको देखिएको छ । समिक्षा कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले सबै मन्त्रालय तथा मातहतका कार्यालयलाई १५ दिनभित्र स्पष्ट, समयबद्ध र नतिजामुखी कार्ययोजना तयार गर्न निर्देशन दिएका छन् ।

उनले मन्त्री र सचिवहरूलाई जिम्मेवारी स्पष्ट गरी आपसी समन्वयका साथ काम गर्न आग्रह गर्दै पुँजीगत खर्च बढाउन कमजोरी पहिचान गरी तत्काल सुधार गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहले प्रत्येक मन्त्रालयको कार्ययोजनामा स्पष्ट लक्ष्य, समयसीमा, जिम्मेवार निकाय र अपेक्षित उपलब्धि समेटिनु पर्ने बताउँदै कार्यान्वयनमा प्रगति नदेखाउने निकायमाथि कडाइका साथ जवाफदेहिता लागू गरिने चेतावनी दिएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान