पौष १४ डडेल्धुरा । डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर–२ चुल्लेकमा सामुदायिक स्वास्थ्य केन्द्र संचालन गरिएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अनुसार गाउँपालिकाले केन्द्र स्थापना गरी सेवा सञ्चालन गरिएको हो ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालका अनुसार नयाँ स्वास्थ्य केन्द्र मार्फत पोषण, परिवार नियोजन, पााच वर्षमूनिका बालबालिकाका स्वास्थ्य जाँच लगायत प्राथमिक सेवा उपलब्ध गराइने छ ।
साथै अहेबद्वारा नियमित स्वास्थ्य सेवा संचालन गरिने उनले बताए । स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै गाउँपालिका भित्र हाल १५ वटा स्वास्थ्य संस्था रहेको र आवश्यकताका आधारमा थप सेवाको दायरा बढाइने गाउँपालिका कार्यालयले जनाएको छ ।
Post Views: 696


