"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटाको रानी ताल पुरिँदै जाँदा प्राकृतिक स्वरूप संकटमा

No data was found

Khabar Raftar

पौष १३ कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेको प्रमुख पर्यटकीय आकर्षण रानी ताल बिस्तारै पुरिँदै जाँदा यसको प्राकृतिक स्वरूप गुम्न थालेको छ । समयमै दीगो संरक्षणका उपाय नअपनाइए ताल पूरै सुक्दै घाँसे मैदानमा परिणत हुने जोखिम बढ्दै गएकाले प्राकृतिक स्वरूप गुम्न थालेको हो ।

१७ हेक्टर क्षेत्रफलमा फैलिएको रानी तालको दक्षिण र पश्चिम भाग अधिकांश नर्कट र जलकुम्भीले ढाकिएको छ । ताल क्षेत्रमा निरन्तर माटो जम्मा भइरहँदा पानीको सतह घट्दै गएको छ । निकुञ्जका रेञ्जर प्रयास केसीले शुक्लाफाँटाका अधिकांश प्राकृतिक तालहरू सुक्दै गएको बताए । सुक्खा मौसममा कतिपय तालमा पानी नहुँदा वन्यजन्तुका लागि सोलार पम्प मार्फत पानी पु¥याउनु पर्ने अवस्था आएको उनले बताए ।

पछिल्ला वर्षमा तालहरू सुक्दै गएपछि निकुञ्ज प्रशासनले बाह्रसिंगाको मुख्य बासस्थान रहेको घाँसे मैदान आसपास केही कृतिम पोखरी निर्माण गरेको बताउदै उनले गैंडा र हात्ती जस्ता ठूला वन्यजन्तुका लागि सुक्खा याममा पानीको अभाव गम्भीर समस्या बनेको बताए । सालको वन र घाँसे मैदानको किनारमा रहेको रानी ताल संरक्षित वन्यजन्तुका साथै रैथाने तथा हिउँदमा बसाइँ सरी आउने चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान भएको उनले जानकारी गराए ।

निकुञ्ज नजिकै रिसोर्ट सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी परमानन्द भण्डारीले मचानबाट हेर्दा ताल सुक्दै गएको स्पष्ट देखिन सकिने बताए । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको रानी ताल जोगाउन ढिलाइ गर्न नहुने उनले बताए । रानी तालसँगै निकुञ्जमा बढनिया, बाबा, सिकारी, सुलगौडी र कालीकिचल लगायतका तालतलैया रहेको उनले बताए ।

घाँसे मैदानको दक्षिणी भागमा रहेको अर्को ठूलो तालमा पनि नर्कट र जलकुम्भी फैलिन थालेको निकुञ्जले जनाएको छ । सीमित बजेट र स्रोतका कारण ताल संरक्षण चुनौतीपूर्ण बन्दै गएको रेञ्जर केसीले बताएका छन । गत वर्ष रानी तालबाट माटो हटाउने प्रयास भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको उनले बताए ।

पूर्वी क्षेत्रमा रहेको चौधर नदीको भंगालोबाट बर्खायाममा बाढीको पानी तालमा प्रवेश गर्ने भए पनि पछिल्ला वर्षमा ताल पुरिँदै जाँदा पानीको सतह निरन्तर घट्दै गएको उनले बताए । विस्तारित क्षेत्रसहित ३ सय ५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ । यहाँ पछिल्लो गणना अनुसार ४३ वटा पाटे बाघ र २ हजार ३ सय भन्दा बढी बाह्रसिंगा रहेका छन । यस्तो महत्वपूर्ण बासस्थान भित्रको रानी ताल संरक्षणमा समयमै ठोस पहल गर्न आवश्यक देखिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान