"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा १५ करोड ९१ लख ७८ हजार चार सय ५३ रुपैयाँको धान खरिद

No data was found

Khabar Raftar

मंसिर २५ धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका किसानबाट १५ करोड ९१ लख ७८ हजार चार सय ५३ रुपैयाँको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका कार्यालय प्रमुख दीपक थापाले तीन सातामा दुई जिल्लाका किसानबाट १५ करोड ९१ लख ७८ हजार चार सय ५३ रुपैयाँको धान खरिद गरेको जानकारी गराएका हुन ।

राज्यले मोटो धानको तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको समर्थन मूल्य तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो । सोही मूल्यमा यस वर्ष खाद्यले प्रथम चरणमा कैलालीमा ३५ हजार क्विन्टल र कञ्चनपुर जिल्लाका किसानबाट पाँच गरी कुल ४० हजार क्विन्टल धान खरिदको कोटा पाएको उनले जानकारी गराए । कार्यालय त्योभन्दा बढी झन्डै ६ हजार क्विन्टल बढी धान किसानबाट खरिद गरेको उनले बताए ।

कार्यालय प्रमुख थापाले खाद्यलाई धान बेच्न चाहने किसानको संख्या धेरै भएका कारण कोटाभन्दा बढी धान खरिद गर्नु परेको बताए । कैलालीमा प्रथम चरणमा ३५ हजार क्विन्टल धान खरिद कोटा आएकोमा बढाएर ३८ हजार नौ सय ४८ क्विन्टल र कञ्चनपुरमा पाँच हजार कोटा आएकोमा सात हजार ६ क्विन्टल धान खरिद गरिएको प्रमुख थापाले जानकारी गराए । गत वर्ष खाद्यको प्रादेशिक कार्यालयले ५५ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको जानकारी गराउदै उनले यस वर्ष २० हजार क्विन्टल कम कोटा पाएको बताए ।

गत वर्ष धान खरिद प्रक्रिया ढिला हुँदा चार महिनामा ३४ हजार पाँच सय १ क्विन्टल धान खरिद गरिएको उनले जानकारी गराए । कार्यालय प्रमुख दीपक थापाले यस वर्ष समयमै सरकारले समर्थन मूल्य तोकेको हुँदा सोही अनुरूप कोटा अनुसार कैलालीका ६ वटा स्थान र कञ्चनपुरका दुई वटा स्थानबाट धान खरिद गरिएको बताए । खाद्यले किसानबाट कात्तिक ११ गतेदेखि धान खरिद सुरू गरेको थियो ।

कार्यालयले कैलालीको मोहनापुर गोदामबाट पाँच हजार नौ सय ८४।८७ क्विन्टल, टीकापुर गोदामबाट नौ हजार आठ सय ७७।०९ क्विन्टल, भजनी खरिद केन्द्रबाट मंसिर दोस्रो साता पछि पाँच हजार सात सय ४२।०५ क्विन्टल, सत्ती गोदामबाट सात हजार नौ सय सात क्विन्टल, सत्ती गोदामबाटै मंसिर पहिलो साता पाँच सय २२।५१ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख थापाले जानकारी गराए ।

त्यसैगरी जोशीपुर खरिद केन्द्रबाट चार हजार ६ सय क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट चार हजार तीन सय चार क्विन्टल मोटा धान खरिद गरिएको कार्यालय प्रमुख थापाले बताए । कञ्चनपुरको महेन्द्रनगर खरिद केन्द्रबाट ६ हजार १९ क्वीन्टल र पुनर्वास खरिद केन्द्रबाट नौ सय ८७ क्विन्टल गरी सात हजार ६ क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख थापाले बताए । त्यसअघि किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो पछि मुख्यमन्त्री शाहले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई अनुगमन गर्न तथा धान खरिद खुलाउन पहल गर्न आग्रह गरेका थिए ।

मुख्यमन्त्रीको निर्देशन पछि प्रमुख जिल्ला अधिकारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत् धान खरिद प्रक्रिया अघि बढाएका थिए । कात्तिक ४ गते मुख्यमन्त्री शाहले किसानले धानको समर्थन मूल्य पाए नपाएकोबारे अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

त्यसैगरी किसानको माग अनुरूप सुदूरपश्चिमको भ्रमणमा आएका अर्थमन्त्री रामेश्वर खनाललाई सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा थप ५० हजार क्विन्टल धान खरिदका लागि कोटा बढाइ दिन आग्रह गरेका थिए । कैलाली–कञ्चनपुर जिल्लामा वार्षिक दश लाख क्विन्टल धान उत्पादन हुने गरेको तथ्यांक छ । त्यसमध्ये किसानले करिब तीन लाख क्विन्टल उपभोग गर्ने गरेका छन भने सात लाख क्विन्टल धान बिक्री गर्ने गरेका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान