"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

No data was found

Khabar Raftar

मंसिर १८ कञ्चनपुर । महेन्द्रनगरमा निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन भएको छ । विसं २०७२ सालमा भीमदत्त नगरपालिकाले झन्डै एक करोड १० लाख रुपैयाँको लागतमा महेन्द्रनगरस्थित सब्जीमन्डीमा निर्माण गरिएको वधशाला व्यवसाय मैत्री नहुँदा प्रयोगविहीन भएको हो ।

सब्जीमन्डीमा खसीको व्यवसाय गर्दै आएका मासु व्यवसायी रामसिंह भण्डारीले वधशालामा कुखुरा र खसीका लागि छुट्टाछुट्टै दुई वटा ब्लक निर्माण गरिएको भए पनि वधशालामा काम गर्न असहज भएको बताए् । वधशालामा तीन वर्षपहिले मासु काट्न सुरु गरिए पनि असहज हुँदा काम गर्न नसकिएको उनले बताए ।

व्यवसायीका लागि भवनभित्र कुखुरा, खसी काटेर मासु तयार भएपछि पसलमा लगी बेच्न सक्ने गरी वधशाला निर्माण गरिएको थियो । कुखुरा र खसीको वधशालामा मासु तयार गरिए पनि पसल सम्म पु¥याउन ढुवानीको समेत व्यवस्था नगरिँदा समस्या भएको ब्यावसायीहरुले बताएका छन । निर्माण भएको तीन वर्षपछि वधशाला सञ्चालनमा ल्याइएको थियो । वधशालामा पानी जम्ने, स्थान अभाव लगायतको समस्या हुन थालेपछि प्रयोग गर्न छोडेको व्यवसायीले बताएका छन ।

सब्जीमन्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले आधुनिक प्रविधिबाट निर्माण गरिएको भनिएको वधशाला मासु व्यवसायीका लागि भने उपयुक्त नभएको बताए । मासु व्यवसायीलाई आवश्यक पर्ने स्थान अभाव र फोहोर व्यवस्थापन नहुँदा भाडा तिरेर खर्च मात्रै हुने गरेको उनले बताए ।

मासु व्यवसायीका लागि मासु काट्दा छुट्टै कोठाको व्यवस्था गरिनुपर्ने, पानी निकासको उचित व्यवस्था गरिनु पर्नेमा निर्माण गरिएको संरचना भने आफूहरूका लागि अनुचित भएको उनले जानकारी गराए । भीमदत्त नगरपालिकाले पनि वधशाला सञ्चालनमा ल्याउनका लागि निश्चित मापदण्ड नबनाइँदा समस्या भएको जनाएको छ ।

पालिकाका सूचना अधिकारी हरिसिंह धामीले वधशाला सञ्चालनका लागि व्यवसायीसँग छलफल गरिए पनि व्यवसायीले नरुचाउँदा सञ्चालनमा समस्या भएको बताए । महेन्द्रनगर बजारस्थित चार किल्लालाई मध्यनजर गर्दै निर्माण गरिएको वधशालामा अत्याधुनिक उपकरण समेत जडान गरिएको उनले बताए ।

नगरपालिकाका सबइन्जिनियर पवन लेखकले क्षेत्रीय पशु सेवा निर्देशनालय डोटीले ५० लाख र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महेन्द्रनगरले २० लाख बराबरको उपकरण जडान गरेको बताउदै हाल ती उपकरणमा समेत खिया लागेर काम नलाग्ने भएको बताए ।

भर्खरै

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया
बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने
जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन
निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने
तस्करी गरी ल्याइएको १ सय लिटर डिजेल बरामद
थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

2111-768x346

स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया

trinagar-naka-1-1024x768

बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै

sudurpaschim-pradesh-sava1617118586

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने

pakrau-1

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

Messenger_creation_30BED54E-9A19-4AC4-AE86-57947F26A21E-1024x768

बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन

sarbajanik-kharid2026-04-12-01-27-52

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने