"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण बढ्दै

No data was found

Khabar Raftar

मंसिर १६ कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएकाले वर्षैपिच्छे मानवीय क्षेती हुदै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको आक्रमणबाट वर्षैपिच्छे मानवीय क्षेती हुदै आएको हो । गत मङ्गलबार राती भीमदत्त नगरपालिका वडा नम्बर–१४, वनकट्टीका नन्दलाल विष्टको घरमा हात्ती पसेर उत्पात मच्चाउदै आक्रमण गरेपछि ४५ वर्षीया उनकी श्रीमती धनाको ज्यान गएको छ ।

कच्ची घर भत्काएर भित्र छिरेको हात्तीले पिठिउँ, कुम र खुट्टामा गम्भीर चोट पु¥याएको अबश्थामा अस्पताल पु¥याईएकी धनाको उपचारका क्रममा मृत्यु भएको थियोे । यसअघि पनि असोज २ गते बेलौरी नगरपालिका वडा नम्बर–३ का ६० वर्षीय श्रीप्रसाद आचार्यलाई पुष्पलाल स्मृति सामुदायिक वन नजिकै जङ्गली हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पछिल्लो सात वर्षमा हात्तीको आक्रमणबाट १२ जनाले र बाघको आक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।

यस अवधिमा ८ जना सख्त घाइते र १८ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा तीन,२०७८÷७९ मा तीन, २०७९÷८० मा दुई, २०८१÷८२ मा दुई र हाल २०८२÷८३ मा पनि दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको देखिन्छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ का बलदेव बोहोरा, वडा नम्बर–१२ का धोजबहादुर कार्की र मथुरादेवी कार्की, लालझाडी गाउँपालीका वडा नम्बर–४ का रामदल राना, बेलौरी नगरपालीका वडा नम्बर–६ का उमेश चौधरी र बेलौरी नगरपालीका वडा नम्बर–३ का श्रीप्रसाद आचार्य लगायतले हात्तीको आक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी बेलौरी नगरपालीका वडा नम्बर–८ की गङ्गादेवी चन्द र दोधारा–चाँदनी गाउँपालीका वडा नम्बर–२ का २३ वर्षीय हीरा शाह बाघको आक्रमणमा परेका थिए । हात्ती, बँदेल लगायतका वन्यजन्तुको आक्रमणबाट वेदकोट नगरपालीका वडा नम्बर–३ की पद्मा कुँवर, पुनर्वास नगरपालीका वडा नम्बर–१० की लक्ष्मीदेवी जोशी, परी विष्ट लगायत गम्भीर घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कञ्चनपुरको निकुञ्ज, मध्यवर्ती क्षेत्र र मोहना–लालझाडी कोरिडोरमा हात्तीको आक्रमण अन्य जनावरको भन्दा धेरै हुने गरेको छ । करिब ५० वटा हात्ती मध्ये विशेषगरी दाह्रा नभएको भाले ‘मकुना’ र पुच्छर छोटो भएको ‘लेदे’ गरी दुई निष्कासित हात्तीले मानवीय क्षति बढाइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । मातृसत्तात्मक रूपमा चल्ने हात्ती झुन्डबाट निकालिएका यस्ता हात्तीले परम्परागत बाटो र बासस्थान बिर्र्सदा मानव बस्तीमा पस्ने र जनधनको क्षति गराउने गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान