"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा बीउ उत्पादनलाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम

No data was found

Khabar Raftar

मंसिर १५ डडेल्धुरा । डडेल्धुरामा खाद्यबालीको बीउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले खाद्यबालीको बीउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम दिएको हो ।

आलुसहित विभिन्न खाद्यबालीका बीउ उत्पादन हुँदै आए पनि विगतमा गुणस्तर परीक्षण र कानुनी प्रमाणीकरण नगरी बिक्री वितरण हुँदै आएको अबश्था आईतबार तालीम सम्पन्न भएको हो । तालिममा किसान, एग्रोभेट सञ्चालक तथा प्राविधिकहरुको सहभागीता रहेको थियो ।

कानुनी तथा वैज्ञानिक मापदण्ड पूरा गरेर मात्र विउको कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेतले बताए । बीउ प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया, गुणस्तरका आधार, किसानले तयार गर्नुपर्ने कागजात, नमुना परीक्षण विधि लगायत विषयमा तालिममा प्रस्टीकरण गरिएको उनले बताए ।

खाद्यबालीका बीउमा प्रमाणीकरण ट्याग अनिवार्य हुने भएकाले यसबारे किसानलाई स्पष्ट बनाउन यो तालिम अत्यन्तै महत्त्वपूर्ण भएको उनले बताए । बीउ विजन गुणस्तर नियन्त्रण कार्यालय ललितपुर तथा बीउ विजन प्रयोगशाला कञ्चनपुरको प्राविधिकको सहजीकरणमा सञ्चालन भएको तालिममा डडेल्धुराका २४ र बझाङका एक गरी २५ जना किसानको सहभागीता रहेको उनले बताए । तालिम पछि लिइएको परीक्षामा सबै सहभागी उत्तीर्ण भएको उनले जानकारी गराए ।

बीउ–विजन प्रयोगशाला कञ्चनपुरका कृषि अधिकृत दीपकराज ओझाले आलुको बीउ प्रमाणीकरण गरेर त्यसलाई कानुनी आधारमा बिक्री वितरण गर्न बाटो खुल्ने बताए ।

कृषि ज्ञान केन्द्र डडेल्धुराले डडेल्धुरा आलु उत्पादनका हिसाबले सुदूरपश्चिमका अग्रणी जिल्ला मध्ये एक भएको जानकारी गराउदै गत वर्ष जिल्लामा ७१ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी गराएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा दुई सिजनमा आलु खेती गरिन्छ भने बर्खे आलु ४ सय हेक्टर र हिउँदे आलु ७ सय २२ हेक्टर जमिनमा लगाइने गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान