"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन

No data was found

Khabar Raftar

मंसिर १४ डडेलधुरा । डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिएको छ । बिरामीको चाप र अस्पतालबाट दिइने सुविधा थप र व्यवस्थित गर्नका लागि बिहान र बेलुकाको समयमा ओपीडी सेवा सुचारु गरिएको हो ।

यसअघि एकै सिफ्टमा ओपीडी सेवा सञ्चालन हुँदा बिरामीलाई पालो कुर्न, टिकट काट्न र उपचार सेवा पाउन समस्या हुने गरेको अबश्थामा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिए पछि सहज भएको छ ।

दिउँसो २ बजेपछि ओपीडी सेवा बन्द गरिँदा सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका बिरामीहरूले इमर्जेन्सी टिकट काट्नु पर्ने वा अर्को दिन अस्पताल धाउनु पर्ने बाध्यता अहिले हटेको छ । पहिलो पटक अस्पतालले दरबन्दी अनुसार ११औं तह मेडिकल सुपेरिटेन्डेन्टको रुपमा पाएपछि बिरामीको मर्का र समयलाई हेरी दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिएको हो ।

संघीय सरकारको मातहतमा रहेको डडेलधुरा अस्पतालमा दिउँसो २ बजेपछि ओपीडी सेवा बन्द हुने गरेकोमा हाल आएर दुई सिफ्टमा ओपीडी सेवा सञ्चालनमा आएसँगै बिरामीलाई इमर्जेन्सी टिकट काट्नु पर्ने वाध्यताको अन्त्य भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुधा देवकोटाले जानकारी गराईन ।

अहिले बिरामीको उपचार ओपीडीबाट सहज रूपमा हने गरेको उनले बताईन । मेसु डा. देवकोटाले २ बजेपछि अस्पताल पुग्ने बिरामीहरूले टिकट नपाउने अवस्थाको अन्त्य भएको बताईन । ओपीडीमा बस्ने डाक्टर वा मेडिकल अधिकृतले म हेर्दिन भनेपछि टिकट नपाउने र अन्यत्र जानु पर्ने बाध्यतालाई हटाउनका लागि र जुनसुकै समयमा पनि बिरामी उपचार गर्न आउँदा कार्यालय समयमा उपचार पाउनु पर्ने व्यवस्था मिलाउन दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरी उपचारसेवा विस्तार गरिएको उनले बताईन ।

उनका अनुसार हाल ओपीडी सेवा पहिलो सिफ्टमा दिउँसो १२ः३० बजेसम्म र दोस्रो सिफ्ट १ः३० बजेदेखि हुने गरेको छ । बीचमा चिकित्सकलाई एक घण्टा खाजाको समय दिई चिसोयाममा डेढ घण्टा र गर्मीयाममा दुई घण्टा सम्म दोस्रो सिफ्टको ओपीडी सञ्चालन भइरहेको उनले बताईन । दिउँसोपछि अस्पताल टाढाका बिरामीहरूले पनि सरल उपचार सेवा पाइरहेका छन् ।

इमर्जेन्सीमा एक सय रुपैयाँको टिकट काट्नुपर्ने झन्झट पनि हटेको उनले बताइन् । डडेलधुरा अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्रै संघीय सरकार मातहत रहेको विशेष विशेषज्ञ चिकित्सक सेवा सहितको अस्पताल भएको उनले बताईन । दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सहज उपचार पाउन नसकेको गुनासो आउने गरेको छ ।

मेसुका अनुसार हाल अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् भने २५ जना मेडिकल अधिकृत कार्यरत रहेका    छन् । मुख्य समस्याका रूपमा पुग्ने बिरामी बालबालिका रहेको उनले बताईन । चाँडै बालरोग विशेषज्ञ चिकित्सक अस्पतालले पाउने मेसु डा. देवकोटाले जानकारी गराईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान