मंसिर १४ धनगढी । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल सुरक्षा गोष्ठिका लागी धनगढी आउने भएका छन् । अर्याल आज बिहान हवाई मार्ग हुँदै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउने भएका हुन ।
गृहमन्त्रीसंगै गृहसचिव, सुरक्षा निकायका आईजीपीहरु पनि आज धनगढी आउने कार्यक्रम तय भएको छ । मङ्सिर १६ गते धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन उनीहरू आउन लागेका हुन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागी गृहमन्त्रीसंगै गृहसचिव, सुरक्षा निकायका आईजीपीहरु धनगढी आउने भएका हुन । सुदूरपश्चिम प्रदेशका तर्फबाट सुरक्षा प्रतिवेदन पेश गर्ने बुझिएको छ ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षाका विषयमा प्रतिवेदन पेश गरिने बताइएको छ ।


