"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय सरकारले पुरानो वाटो खुलाए हाल चलनचल्तीेको बाटो बन्द गर्ने धनगढी ८ का स्थानियको चेतावनी

No data was found

Khabar Raftar

विरेन्द्र सिंह अयर,मंसिर ०५ धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर ८ धनगढी गाउँका स्थानिय बासिन्दाले स्थानिय सरकारले पुरानोबाटो खुलाएको खण्डमा हाल चलनचल्तीमा रहेको बाटो बन्द गर्ने चेतावनी दिएका छन । क्रिम सम्बत २०३२ सालमा बाटो बाङगो टिङगो भयो भनेर सिधाबाटो खोलेको बताउदै स्थानीयले अहिले पुरानो बाटो खोले हाल चलनचल्तीमा रहेको बाटो बन्द गर्ने चेतावनी दिएका हुन ।

विना सहमति वलजफती फिल्डमा हाल कायम नरहेको वाटो खुलाए आफुहरुले आफ्नो नम्बरी जमिन दिएर खुलाएको हालको चलन चल्तीको वाटो कव्जा गर्ने उनीहरुले बताएका हुन । वि.सं. २०३२ साल भन्दा पहिले धनगढी गाउँको मुस्कान चोक देखि पूर्व घुईयाघाट जुगेडा जाने वाटोमा नरुवा नाला सम्म चलन चल्तीमा नक्सा सहितको बाटो बाङ्गो टिङ्गो भएकाले विक्रम सम्बत २०३२÷३३ सालमा पञ्चायत कालमा तत्कानि नगरपञ्चायत प्रमुख छेदालाल चौधरी र वडा अध्यक्ष दिनानाथ भट्ट सहित गाँउका भद्रभलादमीहरु हरि राना, सुग्रीव मास्टर, विष्णु डगौरा लगायत वडा वासीहरु बसेर वाटो सर्भे गर्ने क्रममा बाङ्गो टिङ्गो वाटोको सट्टा सिधा बाटो बनाएको उनीहरुले बताएका छन ।

वाटो सिधा वनाउदा धेरै जना स्थानियका नम्बरी जग्गा वाटोमा जाने भएकाले त्यसको क्षेतीपुर्ती कसले दिने सरकारले दिने की वडाले दिने,नगर पञ्चायतले दिनेकी, त्रिनगर गाउ पञ्चायतले दिने भन्ने कुरामा विवाद हुँदा ज–जसको नम्बरी जग्गा वाटोमा जान्छ सोही जग्गाको सिधा पर्ने हालको वाटो भोगचलन गर्ने सहमती अनुसार बाटो खोलीएको स्थानीइले बताउका छन ।

तत्कालिन नगरपञ्चायत प्रमुख छेदालाल चौधरी र वडा अध्यक्ष दिनानाथ भट्टले गाउँका भलमन्सा सहित जान्यमान्य ब्याक्तिहरुको छलफलमा मौखिक सहमति गराए पछि उक्त वाटो भोगचलन गरी आफ्नो नम्बरी जग्गा वाट ३० फिट बाटोको सट्टा ५ फिट बाटो दिएको स्थानिय धनिराम रानाले वताए ।

मौखिक सहमति अनुरुप स्थानीयले भोगचलन गरिरहेको बताए । अहिले फिल्डमा वाटो कायम पनि नभएको बताउदै उनले स्थानीय नागरिका २५ वटा घर बनी सकेको बताए । भोगचलनका क्रममा उक्त जमिनमा घर वनिसकेको बताउदै उनले अहिले ज्गगा पलटिङ गर्ने दलालको योजनामा स्थानीयको उठीबास लगाउने काम भईरहेको बताए । हामीले नम्बरी जग्गा दिएर वाटो खुलाएका हौ , ५० बर्ष देखि भोगचलन गर्दै आईरहेको जग्गा कव्जा गर्ने सहमती हामीलाई मान्य हुन सक्दैन, बाटो खुलाए चलन चल्तीको बाटो बन्द गर्न बाध्य हुने छौ, उनले भने ।

त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्बर ८ धनगढी गाउँका भलमन्सा भज्जी रानाले विक्रम सम्बत २०३२÷३३ साल तिर तत्कालिन नगरपञ्चायत प्रमुख छेदालाल चौधरी र वडा अध्यक्ष दिनानाथ भट्टले गरेको मौखिक सहमतीमा ज–जस्को जग्गा वाटोमा जान्छ ,सोही जग्गाको सीधा पर्ने गरी भोगचलन गर्ने र सर्भे नापी आएको वेला लगत कट्टा गरी नाममा दाखिला गरिदिने सहमती गरेको बताए । केही वर्ष पछि सर्भे नापी आएको बताउदै उनले सहमति अनुरुप कुनै काम नभएको बताए ।

तत्कालिन सरकारले आफुहरुलाई छलढाँट गरेको समेत उनले आरोप लगाए । सरकारले नया वाटो वनाउदा आफ्नो जग्गाको कित्ता नम्बरंं. १६ वाट ४ कट्टा १५ धुर जग्गा सडकमा गएको उनले बताए । अहिले दुईतिर वाटो खोल्दा दोहोरो मार पर्ने भएकाले बाटो खोल्न कार्य मान्य नहुने बताए । धनगढी ८ कै नारद रानाले आफुलाई जानकारी समेत नदिई आफ्नो खेतमा सधियार गोविन्द रानाले पुरानो नक्सामा वाटो पर्छ भनि डोजर लगाएर खनेको बताए ।

स्थानीय सरकारले वाटो छ भनेर खोल्न खोजेको खण्डमा नक्सामा भएको मुस्कान चोक देखि नरुवानाला सम्मको सवैको जग्गामा वाटो कायम गराए मात्र बाटो खोल्न सहमती हुन सक्ने बताए । आफ्नो जमीनमा मात्र बाटो निकाल्न नदिने बताउदै उनले बलपूर्बक गर्न खोजे आफ्नो नम्बरी जमीनमा खोलेको चलन चल्तीको काटो भोग चलन गर्न बाध्य हुने बताए ।

स्थानीइ सरकारले वाटो निकाल्छ भने पुरै वाटो निकाल्नु पर्ने बताउदै उनले बाटो निकालेको खढडमा थुप्रै घर भत्काउनु पर्ने बताए । पुरानो बाटो खुलाए नया वाटोको लागि दिएको नम्बरी जग्गा फिर्ता दगर्नु पर्ने उनले बताए । त्यसैगरी स्थानिय वासीन्दा रामदिन रानाले नया वाटो खोल्दा मौखिक सहमति भएको बताउदै विश्वासका कारण लिखित नगरिएको बताए । लिखित नभएका कारण त्यतीबेला गोस्वारा नापीले जमिन नाममा नगरेको बताए ।

स्थानीय सरकारले पुरानो वाटो खोल्ने भए नया वाटो बन्द गर्न बाध्य हुने उनले बताए । त्यसैगरी स्थानिय लालमन रानाले दुवै वाटो खोल्दा स्थानिय जनता दोहोरो मारमा पर्ने बताए । कतिपय व्यक्ति घरवार विहिन हुने बताउदै उनले दुवैपक्ष विच सहमति गरी निकास खोज्नु पर्ने वताए । स्थानीय शिवराज ओझाले दुई तिर बाटो खोल्दा स्थानीयका घर भत्काउनु पर्ने भएकाले जनतालाई उठीबास लगाउने कार्य स्थानीय सरकारले गर्न नहुने बताए ।

त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले स्थानीय बासिन्दा मारमा परेको बताउदै दुृवै पक्ष विच सहमति भएमा मात्र वडाले सिफारिस गर्ने बताउदै अन्यथा कसैको डरधाकमा परी वडाले सिफारीस नगर्ने वताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान