विरेन्द्र सिंह अयर,मंसीर ०५ धनगढी । श्री नवदुर्गा अनुष्ठान केन्द्र धनगढी उपमहानगरपालिका वडा नम्बरं. ८, धनगढी गाउँमा दुर्गा जाँत मेला तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
विक्रम सम्बत २०५१ सालमा स्थापना भई विधिवत रुपमा स्थापना भएको यस अनुष्ठान केन्द्रले बर्षेनी सुदूरपश्चिमेली लोक संस्कृति तथा धार्मिक मान्यतामा आधारीत दुर्गा जाँतको प्रतिक स्वरुप गाँज निकालेर जाँत मेला महोत्सव मनाउदै आएकोमा यस बर्ष पनि मेला तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको हो ।
यस वर्ष दुर्गा जाँत तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पूर्व सन्ध्यामा मंसीर ६ गते मोहना भन्सार देखि नवदुर्गा मन्दिर सम्म कलश यात्रा गरिने भएको छ । कलश यात्रा पश्चात मन्दिर परिसरमा महायज्ञको पूर्वाङ्ग पूजा, पाठ परायण, कथा प्रवचन, झाँकी प्रदर्शन हुने बताइएको छ ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा राष्ट्रिय कलाकारहरुवाट संगीतमय भजन किर्तन हुनुकासाथै कार्यक्रममा विराट धनधान्य पितृमुक्तिको पूजा, तुलादान, भूमीदान, चौरासी पूजा, ग्रहशान्ती लाख बत्त प्रज्वलन हुने जानकारी गराईएको छ ।
मंसीर १२ गते श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पूर्णाहुती तत्पश्चात ७ बजे बेलुका दुर्गा जाँतको रतेडी हुने बताइएको छ । रतेडीको भोली पल्ट अर्थात मंसीर १३ गते दुर्गाजाँत मेला गाँच नाच्ने तथा देवीको मेला सम्पन्न हुने कुराको जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्षले जानकारी गराएका छन ।
मानव जीवन निर्वाहका क्रममा आईपर्ने संकटवाट वच्न दैवो उपासना गरी रोग दोष, भुतप्रेत पिचासत्वको मुक्ति गर्ने साधन यज्ञ नै भएको हँुदा शक्ति दाताको आराधना गर्ने मानवको पहिलो कर्तव्य हो र यस्ता खाले भागतवत कार्यक्रमले वेद पुराण धर्म सास्त्रका सार भएका ज्ञानयज्ञका माध्यमवाट जन मानसमा धार्मिक भावना जागृत होस, विश्व शान्ती कायम होस, भक्तहरुको जीवन सुख शान्तीमय बनोस भनि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संगै दुर्गा जाँँत मेला महोत्सव आयोजना गरेको आयोजकले जानकारी गराएको छ ।



